PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

अपराधमा नयाँ शैली : श्रृंखलावद्ध आगजनी!



पहिलोपोस्ट

अपराधमा नयाँ शैली : श्रृंखलावद्ध आगजनी!

काठमाडौं : श्रृंखलावद्ध हत्या त धेरैले सुनेकै हो। अनि, 'श्रृंखलावद्ध आगजनी' नि? धेरैले नसुनेको भए पनि अपराधमा यस्तो प्रवृत्ति देखिएको छ। सर्लाहीमा केही समययता श्रृंखलावद्ध आगजनीको 'आतंक' छ।

उनीहरूले समूह बनाएर यस्तो अपराध गर्दै आएको प्रहरी अनुसन्धानमा खुलेको छ। गाउँका कोही मानिसले आर्थिक वा सामाजिक प्रगति गरेको देखेपछि यस्तो समूह सक्रिय हुने गरेको र आगजनीमा उत्रिने गरेको भेटिएको छ।  

इलाका प्रहरी कार्यालय हरिपुरले अरूको घर तथा पसल आगो लगाउँदै हिँड्ने दुई जनालाई लामो समयको अनुसन्धानपछि सोमवार पक्राउ गर्योँ। त्यसपछिमात्रै खुलेको हो श्रृंखलावद्ध आगजनीको आवरण। 

सर्लाही कबिलास नगरपालिका वार्ड नम्बर ३ का ४० वर्षीय कृष्ण नन्दन राय यादव र २२ को बलिराम रायलाई पक्राउ गरेको प्रहरी निरीक्षक अनिल ठकुरीले बताए। निरीक्षक ठकुरीले भने, 'गाउँ टोलका कोही मानिसले प्रगति गरेको देख्ने बित्तिकै उनीहरूको घर तथा पसलमा आगो लगाउने गरेको पाइयो। उनीहरू विगत केही वर्षदेखि यस्तो गतिविधि गर्दै आएका रहेछन्।'

सर्लाही कबिलास नगरपालिका स्थितमा मदनपुर बजारमा रहेको पसल, घर, र धानको कुन्यु समेतमा पटक आगो लगाएका थिए। गत चैत २३ गते गते राति बीरेन्द्र राय यादवले सञ्चालन गरेको कास्मेटिक, स्टेसनरी, र कपडा लगायतको सटर भएको पसलमा पेट्रोल छरेर आगो लगाएको निरीक्षक ठकुरीले बताए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell