PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नेपाल राष्ट्र संघको महासभा समितिको अध्यक्षमा निर्वाचित



पहिलोपोस्ट

नेपाल राष्ट्र संघको महासभा समितिको अध्यक्षमा निर्वाचित

काठमाडौंः नेपाल संयुक्त राष्ट्रको महासभा सम्बन्धी समितिको अध्यक्षमा निर्वाचित भएको छ। राष्ट्रसंघको स्थायी अंग संयुक्त राष्ट्रको महासभाको महासभा समितिको अध्यक्षमा निर्वाचत भएको छ। 

महासभाको सभापतिबाट नेपाल वर्ष २०१८–२० का लागि यस अघि महासभा समितिमा एसिया प्रसान्त क्षेत्रबाट प्रतिनिधित्व गर्दै सदस्यमा चयन भएको थियो। 

२१ सदस्य समितिमा हंगेरी, गुयाना र संयुक्त राज्य (अमेरिका) उपाध्यक्षमा चयन भएका छन्। त्यस्तै लाइबेरिया रापोर्टरको रुपमा पाँच विभिन्न भौगोलिक क्षेत्रको प्रतिनिधित्व गर्दै निर्वाचित भएको छ। 

समितिको सदस्यको रूपमा यसअघि काम गरिसकेको नेपाल पहिलो पटक अध्यक्षको रूपमा निर्वाचित भएको हो। नेपालका तर्फबाट नेपालका लागि संयुृक्त राष्ट्र संघीय नियोगका उप स्थायी प्रतिनिधि निर्मलराज काफ्लेले नेपालको प्रतिनिधित्व गर्दै सभाको अध्यक्षता गर्ने न्यूयोर्कस्थित नेपाली राष्ट्र संघीय स्थायी नियोगले जनाएको छ। 

नियोगले जारी गरेको वक्तव्यमा नेपालका लागि बहुपक्षीय प्लेटफर्ममा योगदान पुर्‍याउने अर्को महत्त्वपूर्ण अवसर प्राप्त भएको उल्लेख छ। 
सन् १९७४ डिसेम्बर १८ मा संयुक्त राष्ट्र संघको महासभाले स्थापना गरेको समितिले महासभालाई राष्ट्र संघीय सम्मेलन, बैठक आयोजनाको लागि सुझाव दिने गर्दछ।

समितिले राष्ट्र संघको सचिवालय तथा अन्य सरोकारवाला नियोगसँग सककार्य गर्दै योजना समेत निमार्ण गर्ने गर्छ। समितिले वार्षिक रूपमा राष्ट्र संघको महासभामा रिपोर्ट पेस गर्दछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell