PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कटौती भएको बिदा सच्याइने प्रचण्डको प्रतिवद्धता 



पहिलोपोस्ट

कटौती भएको बिदा सच्याइने प्रचण्डको प्रतिवद्धता 

काठमाडौं: नेपाल मुस्लिम इत्तेहाद संगठनले केही समय पहिले पूर्व नेपाल राजपत्रमा प्रकाशित भएको सार्वजनिक बिदा मिलान सम्वन्धी व्यवस्थामा ‘इदुल अज्हा’ तथा ‘महम्मद डे’ को बिदालाई धार्मिक बिदाबाट सामुदायिक बिदामा राखेकोमा गम्भीर आपत्ति जनाएको छ।

उक्त समुदायले आज बिहान नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डलाई पार्टी केन्द्रीय कार्यालयमा भेटी ध्यानाकर्षण गराएको हो। उक्त संगठनले आन्दोलनको उपलब्धीलाई सजिलैसँग कटौती गरेको भन्दै यसलाई सच्चाउन पहल गरिदिन अध्यक्ष प्रचण्डसमक्ष अनुरोध गरेको छ।

संगठनले वाम गठबन्धनको वर्तमान सरकारमा मुस्लिम समुदायबाट प्रतिनिधित्व नभएको भन्दै संविधानमा भएको व्यवस्था अनुसार समानुपातिक समावेशी सिद्धान्त अनुसार मुस्लिमको अधिकारलाई कार्यान्वयन गर्न माग पनि गरेको छ।

मुस्लिमहरुको माग प्रति आफ्नो समर्थन रहेको उल्लेख गर्दै प्रचण्डले भने,‘तपाईहरुको माग जायज छ। यो हामीले लडेर ल्याएको हो। यसको संवेदनशीलता र गम्भीरताप्रति मेरो ऐक्यवद्धता छ।’

प्रचण्डले मुस्लिम समुदायका लागि यो निर्णयमा कमजोरी भएको बताए। भने, ‘आन्दोलनबाट प्राप्त उपलब्धिका रुपमा रहेको मुस्लिमको अधिकार सच्चाइन्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell