PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

शुल्कवृद्धिविरुद्ध विद्यार्थी संगठन: १४ गते स्थानीय तहका प्रमुखको कार्यालय घेराउ



पहिलोपोस्ट

शुल्कवृद्धिविरुद्ध विद्यार्थी संगठन: १४ गते स्थानीय तहका प्रमुखको कार्यालय घेराउ

काठमाडौं: स‌ंस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका वितपरित निजी विद्यालयले शुल्क वृद्धि गरेको भन्दै विद्यार्थी संगठनहरुले विरोध जनाएको छ। 

अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी, अखिल (छैठौं) र नेक्राविसंद्वारा जारी विज्ञप्ति अनुसार संयुक्त विद्यार्थी संगठनले शुल्क वृद्धिको विरोधमा शिक्षा विभाग तथा स्थानीय तहका प्रमुखको कार्यालय घेराउ गर्ने कार्यक्रम राखेका छन्।
 
शुल्क वृद्धि तत्काल फिर्ता गराउन र नगर्नेलाई कार्वाही गर्न वैशाख १२ गते शिक्षा विभाग र १४ गते देश भरका सबै स्थानीय तहका प्रमुखको कार्यालय घेराउ तथा धर्ना बस्ने कार्यक्रम रहेको छ।

यस्तै आगामी बजेटमा शिक्षामा २० प्रतिशत बजेट छुट्याउन, शुल्क वृद्धि घटाउन, विद्यार्थीलाई प्रमाणपत्रको आधारमा शैक्षिक कर्जा दिने निर्णय लागु गराउन र विद्यालय तहको शिक्षा निःशुल्क बनाउने संवैधानिक प्रावधान कार्यनव्यन गराउन प्रधानमन्त्री केपी शार्मा ओलीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम समेत उनीहरुको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell