PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

हुण्डाई ओपन गल्फ टुर्नामेन्ट शुक्रवार र शनिवार हुने



पहिलोपोस्ट

हुण्डाई ओपन गल्फ टुर्नामेन्ट शुक्रवार र शनिवार हुने

काठमाडौं : हुण्डाई ओपन गल्फ टुर्नामेन्टको आठौँ संस्करण आगामी शुक्रवा र शनिवार हुने भएको छ। हुण्डाई गाडीको नेपालका लागि एक मात्र आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीको आयोजनामा हुने दुई दिने प्रतियोगिता गोकर्ण गल्फ क्लबमा हुनेछ।

उक्त ओपन गल्फ टुर्नामनेट १८ होलमा स्टेबल फोल्ड फर्म्याट थ्री बाई फोर ह्याण्डीक्यापमा खेलिनेछ।

बढी खेलाडीहरुको सहभागिता गराउने उदेश्यले यस संस्करणमा धेरै खेलाडीलाई सहभागि गराउन लागेको गोकर्ण फरेस्ट रिसोर्टका सिनियर गल्फ डिरेक्टर दिपक आचार्यले जानकारी दिए।

आचार्यका अनुसार यस पटक १३० भन्दा बढी खेलाडीले सहभागिता जनाउनेछन्।

टुर्नामेन्टको पहिलो दिन शुक्रवार जुनियरतर्फ ३० र सिनियरतर्फ २० खेलाडीले प्रतिस्पर्धा गर्ने तथा शनिवार सिनियरका ८० खेलाडीले प्रतिस्पर्धा गर्ने आचार्यले बताए।

यस्तै लक्ष्मी इन्टरकन्टिनेन्टल, मार्केटिङ सिनियर म्यानेजर अवासिस ओझाले हुण्डाई गल्फ पपुलर गल्फ टुर्नामेन्ट भएका कारण खेलाडीहरु समेत बढ्दै गएको बताउँदै आगामी दिनमा समेत निरन्तरता दिने प्रतिक्रिया दिए।

टुर्नामेन्टमा टाइटल विनर, फस्टर रनरअप, सेकेण्ड रनरअप, सिनियर विनर, जुनियर विनर< लेडिज विनर, बेस्ट ग्रोस, हुण्डाई ओपनर्स विनर, लङ्गेस्ट ड्राइभ, क्लोजेट टु पिन र मोस्ट बर्डीजका विजेतालाई पुरस्कार प्रदान गरिनेछ।

यसैगरी होल इन वान गर्नेलाई हुण्डाईको ग्रान्ड आई १० मार्का कार पुरस्कार दिने समेत ओझाले जानकारी दिए। गोकर्ण गल्फ कोर्सको १० नम्वर होलमा होल इन वान गर्नेले कार प्राप्त गर्ने आचार्यले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell