PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

२२ किलो सुनका प्रमुख तस्कर चिनियाँ, प्रहरीले समात्यो विमानस्थलबाटै



पहिलोपोस्ट

२२ किलो सुनका प्रमुख तस्कर चिनियाँ, प्रहरीले समात्यो विमानस्थलबाटै

काठमाडौं : २२ केजी सुन तस्करीको मुख्य नाइकेलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान व्युरोको टोलीले मंगलवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ नागरिक जे झोङलाई पक्राउ गरेको हो। अध्यागमन विभागको सहयोगमा उनलाई पक्राउ गरिएको व्यूरोका प्रमुख डिआइजी पुष्कर कार्कीले बताए। डिआइजी कार्कीले भने, 'हामीले लामो अनुसन्धानपछि पक्राउ गरेका हौं।'

गत भदौमा प्रहरीले रसुवा हुँदै भारत तस्करी गर्न लागेको १५ केजी सुन सहित सात जनालाई पक्राउ गरेको थियो। सिन्धुपाल्चोकका २६ वर्षीय पेम्बा दोर्जे शेर्पा, भक्तपुरका ३८ वर्षीय दीपेन्द्र थापा,  काठमाडौंका ३९ वर्षीय सरोज थापा, काभ्रेका ३८ वर्षीय विष्णु गौतम, भक्तपुर निवासी ३४ वर्षीय राजेन्द्र खत्री, रविन खत्री र धनुषाका ३८ वर्षीय दीपककुमार शाहलाई पक्राउ गरेका थिए। पक्राउ परेकी झोङ सुन तस्करीको मुख्य नाइके भएको डिआइजी कार्कीले बताए।

२२ केजी सुन रसुवाबाट ल्याए पनि प्रहरीले भने १५ केजी मात्र बरामद गरेको थियो। बाँकी सुन उनीहरुले भारत पठाइसकेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell