PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

आइटिएफ एसिया यू-१२ टिम च्याम्पियनसिप छनोटमा नेपालको मिश्रित प्रदर्शन



पहिलोपोस्ट

आइटिएफ एसिया यू-१२ टिम च्याम्पियनसिप छनोटमा नेपालको मिश्रित प्रदर्शन

काठमाडौं : अखिल नेपाल लनटेनिसको आयोजनामा भइरहेको आइटिएफ एसिया यू-१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली राष्ट्रको टिम छनोटअन्तर्गत दोस्रो दिन नेपाली टिमले मिश्रित प्रदर्शन गरेको छ।

राउण्ड रोविनअन्तर्गत ब्वाइजतर्फको खेलमा नेपाल भारतसँग २-१ ले पराजित भयो भने रश्रीलंकालाई ३-० ले हरायो। यस्तै गर्ल्सतर्फ पनि नेपालले श्रीलंकालाई नै ३-० ले पराजित गर्‍यो।

पहिलो दिन नेपालको ब्वाइज टोलीले भुटानलाई ३-० ले हराएको थियो भने गर्ल्समा भारतसँग पराजित भएको थियो।

सातदोबाटोफस्थित टेनिस कम्प्लेक्समा भइरहेको प्रतियोगितामा ब्वाइजतर्फ ५ तथा गर्ल्सतर्फ ४ टिमको सहभागिता रहेको छ।

यस छनोट प्रतियोगिताबाट ब्वाइज र गर्ल्स दुवै विधामा पहिलो र दोस्रो हुने टोली आगामी नोभेम्वरमा काजाकस्तानमा हुने अन्तिम चरणको प्रतियोगिताको लागि छनोट हुनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell