PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

पिपुल्स च्वाइस अवार्डका लागि मनोनयन सार्वजनिक, यी हुन मनोनयनमा परेका पाँच खेलाडी



पहिलोपोस्ट

पिपुल्स च्वाइस अवार्डका लागि मनोनयन सार्वजनिक, यी हुन मनोनयनमा परेका पाँच खेलाडी

काठमाडौं :  पल्सर स्पोर्टस् अवार्ड २०७४ अन्तर्गत पिपुल्स च्वाइस अवार्डका लागि पाँच खेलाडीहरूको छनोट भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्ड अन्तर्गत पिपुल्स च्वाइस अवार्डको लागि बुधवार आयोजकले ५खेलाडीको नाम सार्वजनिक गरेको हो। 

एनएसजेएफले वर्ष २०७४ मा प्राप्त उपलब्धि र चर्चालाई आधार मान्दै विभिन्न खेलका ५ खेलाडीको नाम सार्वजनिक गरेको हो। गत वर्ष गरिएको प्रदर्शनका आधारमा क्रिकेटका सन्दीप लामिछाने, फुटबलका किरण चेम्जोङ, गल्फकी प्रतिमा शेर्पा, भलिबलका मानवहादुर श्रेष्ठ र टेवल टेनिसका स्यान्टु श्रेष्ठ अन्तिम ५ को मनोनयनमा परेका हुन्। 

आगामी जेठ ३ गते वितरण हुने अवार्डका लागि एसएमएस भोटिङ र फेसबुक लाइकको भोटिङ समेत खुला भएको छ। यस अवार्डको विजेताले एक थान बजाज पल्सर बाइक पाउनेछ।

पिपल्स च्वाइस अवार्डमा भोट गर्न Pulsar स्पेस खेलाडीको भोटिङ कोड टाइप गरी ३७७२२ मा सन्देश पठाउनुपर्नेछ।

सन्दीप लामिछानेलार्इ भोट गर्न SL, किरण चेम्जोङको KC, प्रतिमा श्रेष्ठको PS, मानबहादुर श्रेष्ठको MS, र स्यान्टु श्रेष्ठको SS कोड निर्धारण गरिएको छ। 

यस्तै अवार्डको भोटिङ पार्टरको रुपमा रहेको THT Live संग एनएसजेएफले सम्झौता नविकरण समेत गरेको छ।

पिपुल्स च्वाइज अवार्डसँगै वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पारा एथ्लेट, स्पेशल र लाइफटाइम अचिभमेन्ट गरी कूल ८ विधामा अवार्ड वितरण गरिनेछ।


पिपुल्स च्वाइस अवार्डको मनोनषलमा परेका ५ खेलाडीको गत वर्षको प्रदर्शन:

 

किरण कुमार लिम्बु, फुटबल

भारतको आइ लिग च्याम्पियन। मिनेर्भा पञ्जाव एफसीबाट ८ खेलमा सहभागि, सातमा पहिलो रोजाईमा खेलेका

टीसी स्पोर्ट्सबाट माल्दिभ्सको धिवेही प्रिमियर लिग खेलेको। लिग एफए कप र प्रेसिडेन्ट कपमा सहभागि

राष्ट्रिय टमबाट एसियन कप २०१९ को छनोटमा पाँचै खेलमा पहिलो रोजाईका गोलकिपरको रुपमा खेलेका

 

मान बहादुर श्रेष्ठ, भलिबल

राष्ट्रिय भलिबल टिमको मैत्रीपूर्ण खेलमा बंगलादेशलाई २-०, हङकङलाई २-० र मकाउलाई १-० ले हराउँदा उत्कृष्ट प्रदर्शन

त्रिभुवन आर्मी क्लबलाई वर्षमा ६ प्रतियोगितामध्ये ५ मा उपाधि जिताउन महत्वपूर्ण योगदान।

एनभीए लिग, ३१औँ राष्ट्रिय भलिबल र एनभीए कपमा सर्वोत्कृष्ट खेलाडी।

 

प्रतिमा शेर्पा, गल्फ

नेपाली महिला गल्फकी नम्बर १ खेलाडी।

व्यावसायीक गल्फ ट्ठर्य नेपाल गल्फ टुर को छनोट खेल्ने पहिलो महिला खेलाडी

फाल्डो सिरिज नेपालकी विजेता। फाल्डो सिरिज ग्रान्ड एसिया फाइनलमा सहभागि

अमेरिकी गल्फर टाइगर उड्सको प्रश्सा पत्र पठाएको। वृत्तचित्र र अन्तर्राष्ट्रिय मिडियामा छाएकी।

 

सन्दीप लामिछाने, क्रिकेट

इन्डियन प्रिमियर लिग आइपीएलमा र क्यारेवियन प्रिमियर लिग सीपीएलमा आबद्ध।

२०७४ सालमा कूल ८६ विकेट। आइसीसी यू-१९ विश्वकप छनवटमा २४ विकेट।

विश्व क्रिकेट लिग डिभिजन टू मा १७ विकेट। प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी। नेपालको लागि लिस्ट ए कै उत्कृष्ट बलिङ केन्या विरुद्ध ५-२०।

विश्वकप २०१९ छनवटमा १३ विकेट, विश्व क्रिकेट लिगमा ५, एसीसी यू-१९ एसिया कपमा ९, एसीसी यू-१९ इस्टर्न रिजनमा १६ विकेट

 

स्यान्टु श्रेष्ठ, टेबलटेनिस

३९औँ राष्ट्रिय टेबलटेनिसमा पुरुष सिंगल्स, डबल्स र टिम स्पर्धामा स्वर्ण

ठमेल ओपन च्याम्पियनसिपमा पुरुष सिंगल्स र टिम स्पर्धामा पहिलो

नवौँ पूर्णमान स्मृति खुला टेबलटेनिसमा दोस्रो

 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell