PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

एभिसी सेन्ट्रल जोन भलिबल : नेपाल सेमिफाइनलमा तुर्कमिनेस्तानसँग पराजित



पहिलोपोस्ट

एभिसी सेन्ट्रल जोन भलिबल : नेपाल सेमिफाइनलमा तुर्कमिनेस्तानसँग पराजित

काठमाडौं : बंगलादेशमा भइरहेको चौथो एभिसी सिनियर मेन्स सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा तुर्कमिनेस्तानसँग पराजित भएको छ।

ढाकास्थित मिरपुरमा रहेको इन्डोर हलमा बुधवार भएको पहिलो सेमिफाइनलमा नेपाल तुर्कमिनेस्तानसँग सोझो सेटमा पराजित भएको हो।

तीन वटै सेटमा नेपालको रिसिभ र ब्लक कमजोर देखिएको थियो। पहिलो सेट १४-२५ ले गुमाएको नेपालले दोस्रो र तेस्रो सेटमा सुधारिएको प्रदर्शन गरेपनि १८-२५, १९-२५ ले पछि पर्‍यो।

नेपाल समूह ए को उपविजेता तथा तुर्कमिनेस्तान समूह बी को विजेताको हैसियतमा सेमिफाइनलमा पुगेको थियो। समुह चरणमा बंगलादेशसँग पराजित भएको नेपालले माल्दिभ्सलाई पराजित गरेको थियो।

फाइनल पुगेको तुर्कमिनेस्तानले अब उपाधिका लागि आयोजक बंगलादेश र कीर्गिस्तानबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

यसपटक स्वर्ण जित्ने लक्ष्यका साथ बंगलादेश पुगेको नेपालको सपना सेमिफाइनलमा टुङ्गिएको छ। अब नेपालले कास्य पदकका लागि दोस्रो सेमिफाइनलमा पराजित हुने टिमसँग आगामी शुक्रवार खेल्नेछ। 

लगातार चार संस्करण खेलेको नेपालले तेस्रो संस्करणमा कास्य जितेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell