PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

डिजिएमटी क्रिकेट : एपीएफ र आर्मी विजयी



पहिलोपोस्ट

डिजिएमटी क्रिकेट : एपीएफ र आर्मी विजयी

काठमाडौं : जनकपुरमा भइरहेको दिपक गुप्ता मेमोरियल टुर्नामेन्ट (डिजिएमटी) क्रिकेटमा दुई विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ र त्रिभुवन आर्मी विजयी भएका छन्।

बुधवार भएको लिग चरणको खेलमा एपीएफले भारतीय टोली सनेट क्रिकेट क्लबलाई ५ विकेटले तथा आर्मीले विराट क्रिकेट सोसाइटीलाई ९ विकेटले हरायो।

३ खेलबाट २ मा जित हात पारेको आर्मी र एपीएफले समूह बी मा समान ४ अंक जोडेको छ।

पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सनेट क्रिकेट क्लबले निर्धारित २० ओभरमा अलआउट हुँदै ८५ रन बनाएको थियो। सनेट क्लबका लागि निलेन्द्र सिंहले १७ तथा रिसव राई, शिवम दिक्षित र पनकुल कुमारले समान १४ रन जोडे। बलिङमा एपीएफका इर्साद अहमेदले ३ विकेट लिए।

जवाफमा ८६ रनको लक्ष्य एपीएफले १३.५ ओभरमा ५ विकेट गुमाएर पुरा गर्‍यो। एपीएफका लागि प्रनित थापा मगरले २३, अनिल शाहले १७ तथा अमर सिंह राउटेलाले १६ रन बनाए। सनेट क्लबका लागि क्षितिज कुमारले ४ विकेट लिए।

यस्तै अर्को खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विराट क्रिकेट सोसाइटी आर्मीका बलरहरुको कसिलो बलिङ सामु टिक्न नसक्दा १२.२ ओभरमा ३९ रनमा अलआउट भयो। विराटका लागि सोनु तामाङले १९ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्।

विराट क्रिकेट सोसाइटीलाई कम स्कोरमा अलआउट गर्न आर्मीका सोमपाल कामी र सागर पुनले ३-३ तथा सुसन भारी र जितेन्द्र मुखियाले समान २ विकेट लिए। सोमपालले ३.२ ओभरमा ६ रन मात्र दिए भने ३ ओभल बलिङ गरेका सागरले ७ रन खर्चे।

जवाफमा ४० रनको लक्ष्य आर्मीले १ विकेट गुमाएर पुरा गर्‍यो। आर्मीका लागि कप्तान विनोद भण्डारीले नटआउट रहदै ३० रन बनाए। १८ बल खेलेका विनोदले १ चौका र ३ छक्का प्रहार गरे। नरेश बुढाएरले नटआउट १४ रन बनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell