PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नेपाली भाषामा नाटक 'अंधेरी नगरी चौपट राजा'



पहिलोपोस्ट

नेपाली भाषामा नाटक 'अंधेरी नगरी चौपट राजा'

काठमाडौं: हिन्दी साहित्यकार भारतेंदु हरिश्चंद्रको सर्वाधिक लोकप्रीय नाटक 'अंधेरी नगरी चौपट राजा' नेपाली भाषामा मञ्चन हुँदैछ। वैशाख १४ गतेबाट बानेश्वरको थापा गाउँस्थित कुञ्ज थिएटरमा नाटक देखाइन लागेको हो।

नाटकलाई नेपाली भाषामा अनुवाद तथा निर्देशन आशिष घिमिरे र संगीत सापकोटाले मिलेर गरेका हुन्। नाटकमा प्रयोग हुने संगीत संयोजन पनि संगीत सापकोटाले तयार गरेका छन्।

नाटक वैशाख २९ गतेसम्म बुधबार बाहेक हरेक साँझ साढे पाँच बजे देखाइने छ। नाटकको शनिबार दिउसो एक बजेर अतिरिक्त सो हुनेछ। नाटकलाई क्याप मोसन पिक्चर्स र कलाशी प्रोडक्सनले प्रस्तुत गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell