PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

डिएसपी राउत सम्पर्कमा, बयानका लागि गृहमा बुझाइयो



सविन ढकाल

डिएसपी राउत सम्पर्कमा, बयानका लागि गृहमा बुझाइयो

काठमाडौँः ३३ किलो सुन प्रकरणमा अनुसन्धानको क्रममा बयान दिँदादिँदै सम्पर्कबिहीन भएका डिएसपी सञ्जय राउत सम्पर्कमा आएका छन्।
 
राउत बिहीबार बिहान महानगरीय प्रहरी बृत सिंहदरबारको सम्पर्कमा आएका हुन्। डिएसपी राउतलाई बयानको लागि गृह मन्त्रालयमा बुझाइएको प्रहरी स्रोतले जनाएको छ।

सरकारले गठन गरेको छानबिन समितिको निर्देशनमा सर्कुलर जारी गरिएको थियो। बुधबार गृह मन्त्रालयमा राउतलाई बयानका लागि बोलाइएको थियो। बयान दिँदादिँदै उनी एकाएक सम्पर्कबिहीन भएपछि प्रहरी प्रधान कार्यालयले ७७ जिल्लाका प्रहरी कार्यालयलाई खोजीका लागि सर्कुलर जारी गरेको थियो। 

डिएसपी राउत इलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत छन्।

३३ किलो सुन प्रकरणमा मंगलबार समितिले एसपी बिकासराज खनाललाई पक्राउ गरेको थियो। खनाललाई बुधबार विराटनगर लगिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell