PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पार्टी एकतामा ढिलाइ किन? प्रधानमन्त्री भन्छन्, बालुवा गिट्टी र पानी घोल्दै छौँ



पहिलोपोस्ट

पार्टी एकतामा ढिलाइ किन? प्रधानमन्त्री भन्छन्, बालुवा गिट्टी र पानी घोल्दै छौँ

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताको घोषणा छिट्टै हुने बताएका छन्। बिहीबार राजधानीमा आयोजित कार्यक्रममा पार्टी एकताका विषयमा देखिएका विवाद समाधानका लागि समय लागेको संकेत गरे। 

‘बालुवा, गिट्टी र पाटी घोल्नु पर्छ, यस्तो गर्दा बालुवाले आफ्नो महत्त्व बढी भन्छ। गिट्टीले पनि अफनो महत्त्व बढी देखाउँछ, पानीले पानी नभए सुख्खा भयो भने नजम्ला भन्छ। उपयुक्त मात्रामा हुन्छ कि हुँदैन भन्ने हो,’ प्रधानमन्त्री ओलीले भने, ‘तर हामी उपयुक्त रूपमा मिलान र जडान गर्छौँ। पानी अलि बढी भए सुक्न अलि बढी समय लाग्छ।’

उनले पार्टी एकता निकट भविष्यमै हुने स्पष्ट पारे। 'चाँडै नै दुई पार्टीको एकता हुँदैछ, एकता भएपछि सबल, सुदृढ र एकीकृत कम्युनिस्ट पार्टीको निर्माण हुन्छ,' प्रधानमन्त्री ओलीले भने, 'यो एकताले देशमा मनौबैज्ञानिक र व्यवहारिक हिसाबले ठुलो परिवर्तन ल्याउने छ।' 

प्रधानमन्त्री ओलीले पछिल्लो समय अनावश्यक कुराले चर्चा पाउँदा एकता हुने कुरामा जनतामाझ आशंका बढेको समेत बताए। ‘पार्टी एकता गर्दा म कहाँ हुन्छु, मेरो पक्ष कहाँ हुन्छ जस्ता अनावश्यक कुराले चर्चा पाउँदा जनतामा आशंका बढेको छ,’ उनले भने, ‘देश र जनताप्रति गर्नुपर्ने कर्तव्य भन्दा आफ्नो फाइदा हेर्दा कम्युनिस्ट एकतामा आशंका बढेको हो।’ 

प्रधानमन्त्री ओलीले विचार, अगाडिका हाम्रा अभिभाराहरु, हामीले गर्नुपर्ने काम, देश र जनताप्रति हाम्रो कर्तव्य, त्यसको चर्चा भन्दा म कहाँ हुन्छु, मेरो पक्ष कहाँ हुन्छ, हामी कति हुन्छौँ भन्ने कुराको अनावश्यक चर्चा भइरहेको समेत बताए। यस्ता चर्चाले एकतामा आशंका उब्जिएको उनको भनाई थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell