PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

मुन र किम सहमति: एसियन गेममा एउटै टिम, एउटै झन्डा, चीन र अमेरिकासँग चौपक्षीय वार्ता(सहमतिको पूर्णपाठ)



पहिलोपोस्ट

मुन र किम सहमति: एसियन गेममा एउटै टिम, एउटै झन्डा, चीन र अमेरिकासँग चौपक्षीय वार्ता(सहमतिको पूर्णपाठ)
फोटो: Cheong Wa Dae/koreaherald.com

काठमाडौं: कोरियाली प्रायद्वीपको ऐतिहासिक परिवर्तन र कोरियाली जनताको शान्ति समृद्धि र एकता प्रतिको चाहनालाई गणतन्त्र कोरिया (दक्षिण कोरिया)का राष्ट्रपति मुन जाइ इन र प्रजातान्त्रिक जन गणतन्त्र कोरिया (उत्तर कोरिया)का सर्वोच्च नेता किम जोङ उनबीचको ऐतिहासिक अन्तर कोरियाली शिखर बैठक पानमुनजेनमा अप्रिल २७, २०१८ मा भयो। 

दुई नेताले ८ करोड कोरियाली जनता र विश्वमाझ कोरियाली प्रयाद्वीपमा अब कुनै युद्ध नहुने र शान्तिको नयाँ युग सुरुवात भएको धैर्यपूर्वक घोषण गरे।

दुई नेताले शित युद्धको लामो विवाद र विभाजनको अन्त्यको लागि प्रतिवद्धतासमेत जारी गरेका छन्।
 
राष्ट्रिय मेलमिलाप, शान्ति, समृद्धि र अन्तर कोरियाली सम्बन्धमा नयाँ युगको उद्घोष गर्दै निम्न घोषणा गरेः

१. दक्षिण र उत्तर कोरियाले जनताबीचको रक्त सम्बन्धलाई पुनःस्थापित गर्ने छन्। उनीहरुलाई भविष्यमा एकता र सह–समृद्धिको दिशामा अगाडि लगाउन अन्तर कोरियाली सम्बन्धलाई थप मजबुद र थप अभुतपूर्व स्तरोन्नति ल्याउन पहल हुने छ। अन्तरकोरियाली सम्बन्धलाई सुधार र विजारोपण गर्नु सम्पूर्ण राष्ट्रको प्रचण्ड इच्छा हो र यो पछाडि धकेल्न नसकिने समयको अत्यावश्यक माग हो। 

•    दक्षिण र उत्तर कोरिया कोरियाली राष्ट्रको आफ्नै पक्षमा भाग्य निर्धारण गर्ने सिद्धान्तलाई पुष्टि गर्दै दुबै पक्षबीचका सहमतिमा सबै अवधारणाहरु र घोषणहरु पूर्णतय लागु गर्न अन्तर कोरिया सम्बन्धी सम्बन्धहरु सुधारका लागि सहमत भए। 
•    दक्षिण र उत्तर कोरियाले उच्च स्तरका वार्ता तथा विभिन्न स्तरमा वार्तालाई निरन्तर रुपमा जारी राख्न सहमत भए। शिखर सम्मेलमा भएका सम्झौताहरुको कार्यान्वयनका लागि सक्रिय उपायहरु अवलम्वन गर्न समेत सहमत छन्। 
•    दक्षिण र उत्तर कोरिया ग्यास्योङ क्षेत्रमा त्यस क्षेत्रमा बसोबास गर्ने जनताबीच सम्बन्धलाई सुधारका लागि नजिकबाट समन्वय स्थापना गर्न तथा साभेदारीलाई आदनप्रदान गर्नका लागि संयुक्त कार्यालयको स्थापना संयुक्त कार्यालय स्थापनामा सहमत भए। 
•    दक्षिण र उत्तर कोरिया राष्ट्रिय मेलमिलाप र एकताको भावनालाई पुनरुत्थान गर्न सबै सहयोगहरु आदान प्रदान, भ्रमणहरु र सम्पर्कहरुलाई प्रोत्साहित गर्न समेत सहमत भए। दक्षिण र उत्तर दुबै पक्षहरुलाई खास अर्थ राख्ने मितिहरुमा दुबै पक्षले संयुक्त कार्यक्रमहरु गरेर इमान्दारिता र सहयोगलाई प्रोत्साहित गर्ने छन्; जस्तैः जुन १५, जसमा सबै केन्द्रीय तथा स्थानीय तहबाट सरकारी, संसदीय, राजनीतिक दल तथा नागरिक समाजको सहभागिता हुने छ। २०१८ को एसियन गेम तथा अन्य अन्तराष्ट्रिय खेलकुदमा संयुक्त वुद्धिमता, विद्वता र एक्येवद्धासहित सबै स्तरमा सहभागी हुने छन्। 
•    दक्षिण र उत्तर कोरिया राष्ट्रको विभाजनको परिणाम स्वरुप भएका मानवअधिकार सम्बन्धी समस्याहरुको समाधान गर्न सहमत भएका छन्। विभाजनपछि विछोडिएका परिवाहरुको पुनःमिलनसहितका समस्या समाधानका लागि अन्तर कोरियाली रेडक्रसको बैठकलाई सुचारु गर्न समेत सहमति भएको छ।  त्यसका लागि दक्षिण र उत्तर कोरिया यही वर्ष १५ अगष्टका दिन मनाइने राष्ट्रिय स्वतन्त्रता दिवसको दिन विछोडिएका परिवारलाई मिलन गराउनका लागि संयुक्त पुनःमिलन कार्यक्रम आयोजना गर्न सहमत भएका छन्। 
•    दुबै देशबीच सन्तुलित आर्थिक वृद्धि र सह–समृद्धिका लागि दक्षिण र उत्तर कोरिया सन् २००४ अक्टोबर ४ को घोषणलाई सक्रियतापूर्वक कार्यान्वन गर्न सहमत भएका छन्। पहिलो चरणमा दुबै पक्ष सिनुइजु र सियोलबीच सम्पर्क स्थापित गर्न र रेलवे र सडक यातायातको आधुनिकरण गर्न र पूर्वी यातायात कोरिडोरलाई सञ्चालन गर्न आवश्यक पहल गर्न सहमत भएका छन्। 

२. दक्षिण र उत्तर कोरियाले तिब्र सैन्य तनाब कम गर्न संयुक्त प्रयासहरु गर्ने छन्। साथै व्यवहारिक रुपमा कोरियाली प्रायद्वीपमा रहेको युद्धको खतरा हटाउन पहल गर्ने छन्। 

•    दक्षिण र उत्तर कोरिया सैन्य तनाव र विवादहरु सिर्जना गर्ने जल, जमिन र सामुद्रीक क्षेत्रमा हुने एक अर्का विरुद्ध लक्षित गरी हुने सैन्य तथा शत्रुतापूर्ण व्यवहारलाई पूर्ण रुपमा रोक्न सहमत भएका छन्। यसका लागि दुबै पक्ष सीमा क्षेत्रमा रहेको ‘डिमिलिटराइज्ड जोन’(डीएमजेड)लाई वास्तविक रुपमा शान्ति क्षेत्रको रुपमा परिवर्तन गर्नका लागि यसैवर्षको मे १ भित्र मिलिटरी डिमार्केशन लाइन (सैन्य विघटन रेखा)सहितका सबै क्षेबमा सबैखाले शुतापूर्ण व्यवहारहरु, लाउड स्पिकरबाट हुने प्रशारण, पर्चा पम्पलेटको वितरण कार्यलाई रोक्ने सहमति भएको छ। 
•    दक्षिण र उत्तर कोरिया पूर्वी सामुद्रमा रहेको सामुद्रीक शान्ति क्षेत्रको उत्तरी लिमिट लाइनमा आकस्मिक सैन्य तनाव नियन्त्रण गर्न, माछा मार्ने कामहरुलाई पूर्ण प्रत्याभुति दिलाउनका लागि व्यवहारिक योजना बनाउन सहमत भएका छन्। 
•    दक्षिण र उत्तर कोरिया आपसी साझेदारी, भ्रमण आदान प्रधान र सम्पर्कलाई सुनिश्चित गर्नका लागि विभिन्न सैन्य उपायहरु अवलम्वन गर्न सहमत भएका छन्। दुबै पक्षबीच रहेका सैन्य विवादहरुको समाधानका लागि  नियमित रुपमा रक्षामन्त्रालय स्तरमा तथा उच्च सैन्य अधिकारी स्तरको बैठकलाई नियमित गर्न सहमत भएका छन्। यसका लागि यही वर्ष मे महिनामा पहिलो पटक सेनापति स्तरमा सम्मेलन आयोजना गर्नसमेत दुबै पक्ष सहमत भएका छन्। 

३. दक्षिण र उत्तर कोरिया कोरियाली प्रायद्वीपमा स्थायी र ठोस शान्ति व्यवस्था स्थापना गर्नका लागि सक्रिय रुपमा साझेदारी गर्ने छन्। अहिले कायम रहेको सैन्य गतिविधिहरुको अन्त्य गर्दै कोरियाली प्रायद्वीपमा स्थायी शान्ति सुव्यवस्था कायम गर्नका गर्ने ऐतिहासिक उद्देश्य प्राप्तिका लागि ढिलाई गर्नु हुँदैन। 

•    दक्षिण र उत्तर कोरिया एक अर्का विरुद्ध कुनै पनि प्रकारका बल प्रयोगलाई रोक्ने गैरआक्रामक सम्झौता (नन–एग्रेसन एग्रिमेन्ट) लाई पुनः पुष्टि गर्दै सम्झौताको पूर्ण पालनका लागि तयार भएका छन्। 
•    दक्षिर र उत्तर कोरियाबीच सैन्य तनाब कम हुँदै गएका छन्। सैन्य आत्मविश्वस निमार्ण भइरहेको अवस्थामा दुबै देश चरणवद्ध तरिकाले निःशस्त्रीकरणका लागि सहमत भएका छन्। 
•    यही वर्ष मनाइन लागेको ‘आर्मस्टिक (युद्धविराम)’ को ६५ औँ वर्षगाँठका क्रममा युद्धको अन्त्य र ठोस शान्ति सुव्यवस्था कायम गर्नका लागि उत्तर र दक्षिण कोरियासहित संयुक्त राज्य अमेरिका सम्मिलिन त्रिपक्षीय बैठक अथवा दुबै कोरिया, अमेरिका र चीन सम्मिलित चौपक्षीय बैठक आयोजनाका लागि लागि उत्तर र दक्षिण कोरिया सहमत भएका छन्। 
•    दक्षिण र उत्तर कोरिया पूर्ण डि न्यूक्लिराइजेसन (मरमाणुमुक्त) मार्फत परमाणु मुक्त कोरियाली प्रायद्वीपको साझा लक्ष्य प्राप्तिका लागि सहमत भएका छन्। 
•    उत्तर कोरियाले कोरियाली प्रायद्वीपमा परमाणु निःशस्त्रीकरणका लागि चालेको कदम धेरै सार्थक भएको दृष्टिकोण दक्षिण र उत्तर कोरियाले राखेका छन्। दुबै देश कोरियाली प्रायद्वीपमा आणविक निःशस्त्रीकणका लागि आफ्नो पक्षबाट आवश्यक भूमिका निर्वाह गर्न सहमत भएका छन्। दक्षिण र उत्तर कोरिया कोरियाली प्रायद्वीपमा आणविक निःशस्त्रीकरणका लागि अन्तराष्ट्रि जगतको समर्थन र सहयोगको खोजी गर्न सहमत समेत भएका छन्। 

दुबै नेता दुई कोरियाली प्रायद्वीपमा स्थायी शाशान्ति, समृद्धि तथा एकताका सार्थ  देशबीचका महत्त्वपूर्ण समस्याहरुको समाधान गर्न, पारस्परिक विस्वासलाई बलियो बनाउन, अन्तरकोरियाली सम्बन्धलाई निरन्तर अगाडि बढाउनका लागि नियमित तथा सार्थक छलफलकाका लागि नियमित बैठक र प्रत्यक्ष टेलिफोन वार्तालापका लागि सहमत भएका छन्।  

यही परिप्रेक्ष्यमा दक्षिण कोरियाका राष्ट्रपति मुन जाई इन यही हिँउदमा प्योङ्याङ भ्रमणका लागि सहमत भएका छन्। 


अप्रिल २७, २०१८
पानमुनजोम

मुन जाई–इन
राष्ट्रपति 
गणतन्त्र कोरिया

किम जोङ उन 
अध्यक्ष
राज्य मामिला आयोग
प्रजातान्त्रिक जनगणतन्त्र कोरिया
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell