PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

आइपीएलः शीर्ष स्थानमा रहेको चेन्नाई मुम्बईसँग ८ विकेटले पराजित



पहिलोपोस्ट

आइपीएलः शीर्ष स्थानमा रहेको चेन्नाई मुम्बईसँग ८ विकेटले पराजित

इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तर्गत शीर्ष स्थानमा रहेको चेन्नाई सुपर किङ्ग्स मुम्बईसँग पराजित भएको छ। गएराति सम्पन्न खेलमा मुम्बईले चेन्नाईमाथि ८ विकेटको जित हात पारेको हो। मुम्बईको जितमा कप्तान रोहित शर्माले नटआउट ५६ रनको योगदान दिए। 

पुणेमा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नाईले २० ओभरमा ५ विकेट गुमाउँदै १६९ रन बनाएको थियो। चेन्नाईको इनिङमा सुरेश रैनाले नटआउट ७५ रनको योगदान दिए। यस्तै अम्बाती रायुडुले ४६ र कप्तान महेन्द्रसिंह धोनीले २६ रन थपे। 

१७० रनको लक्ष्य मुम्बईले १९ ओभर ४ बलमा पूरा गर्‍यो। मुम्बईका लागि प्रारम्भिक ब्याट्सम्यान सूर्यकुमार यादव र इभान लेविसले जितको बलियो आधार बनाएका थिए। यादवले ४४ र लेविसले ४७ रन जोडेका थिए। कप्ता शर्माले ३३ बलमा ५६ रन जोडे। 

बलिङतर्फ मिचेल म्याक्लिघन र क्रुनाल पाण्डेयले दुई/दुई विकेट लिए। यस्तै, चेन्नाईका ड्वेन ब्राभो र हरभजन सिंहले एक/एक विकेट लिए।  
मुम्बईको यो दोस्रो जित हो।

सातौँ खेलमा दोस्रो खेल हारेको चेन्नाई हारेर पनि रनरेटका आधारमा शीर्ष स्थानमा नै छ। चेन्नाईको १० अंक छ। यस्तै, सनराइजर्स हैदरावाद र पञ्जावको पनि समान १०/१० अंक छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell