PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

हाम्रो परीक्षा सुरु भएको छ : प्रचण्ड



पहिलोपोस्ट

हाम्रो परीक्षा सुरु भएको छ : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट एकताको परीक्षा सुरु भएको बताएका छन्। माओवादी केन्द्र निकट कर्मचारी संगठनको केन्द्रीय कार्यालय भवनको उद्घाटन गर्दै प्रचण्डले यस्तो बताएका हुन्। 

‘हामी इमान्दार भएर जनताका पक्षमा काम गर्दैन भन्ने आरोप लाग्दै आएको छ,’ उनले भने, ‘सबैभन्दा बढी त यो आरोप मलाई लाग्दै आएको छ। मलाई जति अरु कसैलाई लाग्या छैन होला। तर, पनि हामी कम्युनिष्ट एकताको परीक्षामा छौँ।’ 

उनले जनताले निर्वाचन मार्फत् वाम गठबन्धनलाई आशा र विश्वास गरे जिताएको भन्दै त्यो पूरा गर्नुपर्ने चुनौती र अवसर सरकारसँग रहेको बताए। 

प्रचण्डले कम्युनिष्टहरु निर्माण गर्न नसक्ने आरोप विश्वभर लाग्दै आएको भन्दै त्यसलाई परिवर्तन गर्नुपर्ने बताए। ‘हामीलाई भत्काउन सक्छन् बनाउन सक्दैनन् भन्ने आरोप लाग्दै आएको छ,’ प्रचण्डले भने, ‘हामी भत्काउनमात्र होइन निर्माणमा पनि अगाडि छौँ भनेर प्रमाणित गर्नुपर्ने बेला आएको छ। हामीले नेपालबाट नव निर्माणको सन्देश विश्वलाई दिने बेला आएको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell