PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

गुरु-चेलीको जोडी च्याम्पियन



पहिलोपोस्ट

गुरु-चेलीको जोडी च्याम्पियन
मिक्स डबल्स फाइनलमा जित हात पारेपछि कोर्टबाट बाहिरिदै श्रीराम मगर (बायाँ) र आइरा रावत

काठमाडौं : गुरु श्रीराम मगर र चेली आइरा रावतको जोडी छैटौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको मिक्स डबल्समा बिहीवार च्याम्पियन बनेका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कोर्टमा भएको प्रतिस्पर्धात्मक फाइनलमा श्रीराम र आइराको जोडीले प्रणव खनाल र माहिका राणाको जोडीलाई ७–५, ३–६, ११–९ को सेटमा पराजित गरे।

फाइनल सकिएपछि श्रीराम मगर र आइरा रावत (बायाँ) र प्रणव खनाल र माहिका राणा हात मिलाउदै

भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा कमल भण्डारी पहिलो भए। उनले फाइनलमा महेश श्रेष्ठलाई ६–४, ६–१ को सेटमा हराए। ६५ वर्षमाथि पुरुष सिंगल्सको उपाधि ज्ञानेन्द्र ताम्राकारले जिते। उनले उपाधि भिडन्तमा दीपक श्रेष्ठलाई ४–०, ५–३ ले हराए।

भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा कृष्णराज घले र विनोद गुरुङ फाइनलमा भिड्ने छन्। सेमिफाइनलमा कृष्णले विमल गुरुङलाई ७–५, ६–१ तथा विनोदले विकास गुरुङलाई ६–४, ६–२ को सेटमा हराए।

सोही उमेरसमूहको डबल्समा कृष्णराज घले र सुवर्ण धाक्वाको जोडीले प्रताप मोक्तान र थोङबम तुलेश्वर सिंहको जोडीलाई ६–१, ६–३ तथा राजु क्षेत्री र सुदर्शन विष्टको जोडीले डेगेन्द्र श्रेष्ठ र सन्जिव श्रेष्ठको जोडीलाई ७–५, ६–२ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरे।

भेट्रान ५५ वर्षमाथि पुरुष डबल्समा मनोज राणा र छ्याम्बा डुन्डुपको जोडीले ज्ञानेन्द्र ताम्राकार र ध्रुव गुरुङको जोडीलाई ६–२, ७–५ तथा राजनसिंह भण्डारी र करिम मुल्लाहको जोडीले दीपक श्रेष्ठ र अमृत कंशाकारको जोडीलाई १–६, ६–३, १२–१० को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाए।

प्रतियोगिताअन्तर्गत शुक्रबार पुरुष डबल्स, पुरुष ३५ वर्षमाथि, ४५ वर्षमाथि र ५५ वर्षमाथि डबल्स तथा पुरुष ४५ वर्षमाथि र ५५ वर्षमाथि सिंगल्सको फाइनल हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell