PahiloPost

Feb 16, 2026 | ४ फागुन २०८२

साउदी जेलमा रहेका प्रेमबहादुर राईलाई छुटाउन प्रधानमन्त्रीद्वारा ३० लाख हस्तान्तरण 



पहिलोपोस्ट

साउदी जेलमा रहेका प्रेमबहादुर राईलाई छुटाउन प्रधानमन्त्रीद्वारा ३० लाख हस्तान्तरण 

काठमाडौँः  दुई वर्षदेखि साउदी जेलमा बन्दी जीवन बिताइरहेका प्रेमबहादुर राईको रिहाइका लागि उठेको रकम प्रधानमन्त्री केपी शर्मा ओलीले परिवारका सदस्यहरुलाई हस्तान्तरण गरेका छन्। सवारी दुर्घटनामा जेल परेका राईलाई साउदी अदालतले तोकेको जरिवाना तिर्न नसकेपछि दुई वर्षदेखि बन्दी जीवन बिताइरहेका थिए। 

एबीसी टेलिभिजनबाट सञ्चालित हुँदै आएको इन्द्रेणी कार्यक्रमले संकलन गरेको ३० लाख ९ हजार ४७ रुपैयाँ प्रधानमन्त्री ओलीले राईकी पत्नी सरिता राईलाई प्रदान गरेका हुन्। 

राईको रिहाइका लागि ९५ लाख रुपैयाँ आवश्यक रहेकोमा अहिलेसम्म ७१ लाख रुपैयाँ संकलन भइसकेको बताइएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell