PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

आइपीएल क्रिकेटः हैदरावाद शीर्ष स्थानमा, दिल्ली सात विकेटले पराजित



पहिलोपोस्ट

आइपीएल क्रिकेटः हैदरावाद शीर्ष स्थानमा, दिल्ली सात विकेटले पराजित

इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तर्गत गएराति सम्पन्न खेलमा सनराइजर्स हैदरावाद विजयी भएको छ। दिल्ली डेयरडेभिल्सलाई ७ विकेटले पराजित गर्दै हैदरावाद शीर्ष स्थानमा पुगेको हो। हैदरावादले ९ खेलमा १४ अंक जोडेको छ। समान अंक भए पनि चेन्नाई रनरेटका कारण दोस्रो स्थानमा छ।

दिल्लीले दिएको १६४ रनको लक्ष्य हैदरावादले एक बलअघि पूरा गर्‍यो। हैदरावादका लागि केन विलियम्सनले नटआउट ३२ तथा युसुफ पठानले २७ रनको योगदान दिए। हैदरावादको इनिङमा ओपनरद्वय एलेक्स हल्स र शिखर धवनले क्रमशः ४५ र ३३ रनको योगदान दिए। 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाउँदै १६३ रन बनाएको थियो। ओपनर पृथ्वी सा’को ६५ र कप्तान श्रेयस एयरको ४४ रनको मदतले दिल्लीले १६३ रन बनाएको थियो। 

बलिङतर्फ हैदरावादका रसिद खानले दुई विकेट लिए। यस्तै, दिल्लीका अमित मिश्राले पनि दुई विकेट लिए। 

यस्तै, शनिबार भएको पहिलो खेलमा चेन्नाई सुपर किङ्ग्सले बैंग्लोरलाई ६ विकेटले पराजित गर्‍यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell