PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

छुटे यातायात व्यवसायी, भने : अबदेखि हड्ताल गर्दैनौं



पहिलोपोस्ट

छुटे यातायात व्यवसायी, भने : अबदेखि हड्ताल गर्दैनौं

काठमाडौं : शुक्रवार र शनिवार देशभरबाट पक्राउ परेका यातायात व्यवसायीहरु रिहा भएका छन्। गृहमन्त्री रामबहादुर थापाको निर्देशन बमोजिम अबदेखि बन्द नगर्ने लिखित सहमतिमा उनीहरु रिहा भएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले बताए।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य, महासचिव सरोज सिटौला, उपाध्यक्ष विजय स्वाँर, किरण खड्का, धर्म धिताल लगायतका सय भन्दा बढी व्यवासायीलाई यातायात क्षेत्रमा सिन्डिकेट गरेर यातायातमा अवरोध पुर्‍याएको भन्दै पक्राउ गरेको थियो। गृहमन्त्री रामबहादुर थापाले सिन्डिकेटको पक्षमा पक्राउ परेका व्यवसायीलाई साधारण रूपमा नछोड्न निर्देशन दिएका थिए।
 
गृहमन्त्री थापाले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सिन्डिकेट गर्दिन, सवारी कम्पनीमा दर्ता गर्छु, सवारी साधन चलाउँछु, सरकारलाई सहयोग गर्छु भन्ने कागज गराएर मात्र छोड्न निर्देशन दिएपछि लिखित सहमतिमा छुटेका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell