PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

आइपीएल : बैंगलोर विरुद्ध हैदरावाद ५ रनले विजयी, शीर्षस्थानमा २ अंकको अग्रता



पहिलोपोस्ट

आइपीएल : बैंगलोर विरुद्ध हैदरावाद ५ रनले विजयी, शीर्षस्थानमा २ अंकको अग्रता

आइपीएल अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादले रोएल च्यालेन्जर्स बैंगलोरलाई ५ रनले पराजित गरेको छ।

१४६ रनको स्कोर डिफेण्ड गर्ने क्रममा हैदरावादले बैंगलोरलाई १४१ रनमा रोक्दै ५ रनको रोमाञ्चक जित हात पारेको हो।

जितपछि १० खेलबाट १६ अंक जोडेको हैदरावादले दोस्रो स्थानको चेन्नाईमाथि २ अंकको अग्रता कायम गरेको छ। सिजनको आठौँ जितपछि हैदरावाद प्लेअफको नजिक पुगेको छ। हैदरावादले अब बाँकी ४ मध्ये १ खेल मात्र जितेपनि प्लेअफमा स्थान बनाउनेछ।

घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १४६ रन बनाएको थियो। हैदरावादका लागि कप्तान केन विलियमसनले सर्वाधिक ५६ रन बनाए। यस्तै शकिब अल हशनले ३५ रन जोडे।

बैंगलोरका टिम साउदी र मोहम्मद सिराजले ३-३ विकेट लिए।

जवाफमा १४७ रनको लक्ष्य पछ्याएको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १४१ रन मात्र बनाउन सक्यो। हैदरावादका बलरहरुले उत्कृष्ट बलिङ गरेपछि बैंगलोर सिजनको सातौँ हार बेहोर्न बाध्य भयो। बैंगलोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ३९ तथा कोलिन डे ग्राण्डहोमले ३३ रन जोडे।

हैदरावदका शकिबले २ विकेट लिए। सन्दीप शर्मा, भुवनेश्वर कुमार, सिद्धार्थ कौल र रसिद खानले १-१ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell