PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

दुम्जा पुगेर कांग्रेस उपसभापति निधिले भने : गुट अन्त्य गरेर ५ वर्षपछि पहिलो पार्टी



पहिलोपोस्ट

दुम्जा पुगेर कांग्रेस उपसभापति निधिले भने : गुट अन्त्य गरेर ५ वर्षपछि पहिलो पार्टी

काठमाडौं : नेपाली कांग्रेसको उपसभापतिमा मनोनित भएपछि नेता विमलेन्द्र निधिले वीपी कोइराला र उनका पूर्वजको थलो सिन्धुलीको दुम्जा पुगेर वीपीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्। 

हिजो गृहनगर धनुषा पुगेर पिता महेन्द्रनारायण तथा पूर्वजको दाहसंस्कार गरिएको ठाउँ पुगेर माल्यार्पण गरेका उपसभापति निधि सोमबार राति दुम्जा पुगेका थिए।  

आज बिहान दुम्जा पुगेर निधिले भने, 'म कांग्रेसको राजनीतिमा यहाँसम्म बीपी कोइरालाको आशिर्वादले नै पुगेको छु। त्यसैले उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्न दुम्जा आएको हुँ।' 

२०३६ सालमा नेता निधिलाई वीपी कोइरालाले नै नेवि संघको अध्यक्ष बनाएका थिए। पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाटमा उपसभापति निधिले कांग्रेसको नेतृत्वमा सम्पन्न गत निर्वाचमा पार्टीले हार बेहोर्नु परे पनि देश, लोकतन्त्र र संसदीय व्यवस्थाको जित भएको भन्दै पाँच वर्षपछि हुने चुनावमा कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरे। 

तर यसका लागि पार्टीमा कुनै किसिमको गुटउपगुट हुन नहुने भन्दै उनले सबैलाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता जनाए। पार्टीलाई एकढिक्का बनाएर अगाडि बढाउने विषयमा बरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरुसँग आफूले कुरा गर्ने उल्लेख गर्दै नेता निधिले पदाधिकारी चयन लगत्तै नेताहरुलाई भेटेर त्यसको शुरुवात गरेको पनि जानकारी गराए। 

बीपी राजमार्गदेखि दुम्जासम्मको बाटो बनाउने काम आफू भौतिक पूर्बाधार मन्त्री हुँदा सम्पन्न भएको स्मरण गर्दै उपसभापति निधिले यो क्षेत्रमा व्याप्त खानेपानीको समस्या समाधानका लागि आफूले सरकारसँग पहल गर्ने बताए। वीपी पार्क र संग्रहालय बनाएर दुम्जालाई सम्पूर्ण प्रजातन्त्रवादीको आस्थाको केन्द्र बनाउनका लागि कांग्रेसले पहल गर्ने पनि उपसभापति निधिले उल्लेख गरे। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell