PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

मोदीलाई अभिनन्दन गर्नु र साँचो बुझाउनु दुवै परम्परा: राजन भट्टराई



पहिलोपोस्ट

मोदीलाई अभिनन्दन गर्नु र साँचो बुझाउनु दुवै परम्परा: राजन भट्टराई

काठमाडौं: नेपाल भारत प्रवुद्ध व्यक्ति समूहका नेपाल तर्फका सदस्य डा. राजन भट्टराईले त्रिदेशीय साझेदारीका विषयमा साझेदारीका विषयहरु पहिचान गर्नुपर्ने बताएका छन्। बिहीबार काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा उनले यस्तो बताएका हुन्।

पछिल्लो समय त्रिदेशीय साझेदारीका विषयमा चर्चा चलिरहेका बेला भारतीय प्रधानमन्त्री नेपाल भ्रमणमा आउँदै छन्। सोही अवस्थामा सोधिएको प्रश्नमा उनले भने, ‘त्रिदेशीय साझेदारी गर्नुपर्छ। तर त्यस भन्दा अगाडि कुन कुन क्षेत्रमा साझेदारी गर्ने कस्तो किसिमको साझेदारी गर्ने भन्ने हामीले टुंगो लगाउनुपर्छ।’

नेपाल, भारत र चीन स्वतन्त्र मुलुक भएको भन्दै उनले अगाडि भने, ‘नेपाल–चीन, नेपाल–भारत र भारत–चीनबीच स्वतन्त्र सम्बन्ध छ, त्रिदेशीय साझेदारीमा अन्य मुलुकहरु अगाडि बढिसके हामी पछाडि पर्‍यौँ। अब साझेदारीका क्षेत्र पहिचान गरी अगाडि बढ्नुपर्छ।’ 

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा हुने नागरिक अभिनन्दनको विरोध भइरहेको प्रसंग कोट्याउँदै अभिनन्दनको विरोध विरोधका लागि मात्र भएको बताए। 

‘यो हाम्रो परम्परा हो, १९५१ सालमा भारतका प्रधानमन्त्री जवारलाल नेहरु आउँदा टुँडिखेलमा नागरिक अभिनन्दन गरिएको थियो,’ डा. भट्टराईले भने, ‘विदेशी विशिष्ठ पाहुना आउँदा नागरिक अभिनन्दन गर्नु परम्परा नै हो। हाम्रा प्रधानमन्त्री भारत जाँदा पनि त्यहाँ ठाँउठाँउमा नागरिक अभिनन्दन हुन्छ।’ 

उनले मोदीलाई नगरको साँचो बुझाउन लागेको भन्दै विरोध हुनुसमेत जायज नभएको बताए। ‘नगरको साँचो बुझाउँदै छ भनेर विरोध भइरहेको छ। यो पनि हाम्रो परम्परा हो,’ उनले भने, ‘हामी सानै हुँदा देखि नै सुन्दै आएका हौँ साँचो बुझाउने कुरा।’

उनले भारतले विराटनगरमा स्थापना गरेको कार्यालय बन्द गर्नुपर्ने समेत बताए। ग्यास बुलेट, एयर रुट, पावर ट्रेड एग्रिमेन्टको कार्यान्वयनका विषयमा समेतमा समस्या रहेको भन्दै त्यसलाई समाधान गर्नुपर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell