PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

उद्योगपति सांसद विनोद चौधरी संसदमा भने : सरकारले व्यापार गर्ने होइन



पहिलोपोस्ट

उद्योगपति सांसद विनोद चौधरी संसदमा भने : सरकारले व्यापार गर्ने होइन

काठमाडौं : उद्योगपति एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरीले सरकारलाई व्यापार नगर्न आग्रह गरेका छन्। सरकारले व्यापार गरे घाटामा जाने उनले सुनाए।

संसदमा जारी बजेटको सैद्धान्तिक एवं प्राथमिकतामाथिको छलफलमा बोल्दै चौधरीले भने, ‘नेपालको अर्थतन्त्रमा ७० प्रतिशत लगानी निजी क्षेत्रको हो। निजी क्षेत्र र नीति निर्माताबीच विश्वासको वातावरण छैन।’

उनले सरकारले व्यापार गर्ने नभइ व्यापारका लागि वातावरण बनाइदिने बताए। चौधरीले भने, ‘सरकारले व्यापार गरे दुर्गति हुनु स्वभाविक हो। जचुकालीदेखि कयौं यस्ता संस्थाहरु यसका उदहारण हुन्।’

सरकारले व्यापार गरे त्यसमा भ्रष्टाचार हुने र जनताले दुःख पाउने गरेको उनले दावी गरे।

संसदमा १२ मिनेट बोलेका चौधरीले भने, ‘प्रशासनतन्त्र षड्यन्त्रमा फसेको छ। राजनीतिक भागवण्डाका आधारमा अर्थतन्त्र फसेको छ। यसरी अर्थतन्त्रको विकास हुँदैन।’

७ प्रतिशतको आर्थिक बृद्धिदरलाई दश प्रतिशतमा पुर्याउन लगानी थप्नुपर्ने उनले बताए। 

आफ्नो ४० वर्षको औधोगिक जीवनमा बजेट निर्माणका क्रममा पटक पटक सुझाव दिए पनि कार्यन्वयन नभएकोमा गुनासो पोखे। 

अर्थमन्त्रीलाई विशेष धन्यवाद दिँदै चौधरीले स्पेसल इकोनोमी जोनलाई सुधार गर्नुपर्ने बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell