PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

प्रदेश ४ का सभामुख अधिकारी बाथरुममा लडेर गम्भीर घाइते, उपचारका लागि काठमाडौँ ल्याइँदै



पहिलोपोस्ट

प्रदेश ४ का सभामुख अधिकारी बाथरुममा लडेर गम्भीर घाइते, उपचारका लागि काठमाडौँ ल्याइँदै
फाइल फोटो

पोखराः प्रदेश नम्मर ४ का सभामुख नेत्रनाथ अधिकारी बाथरुममा चिप्लिएर लड्दा गम्भीर घाइते भएका छन्। अधिकारी आफू बस्दै आएको पोखराको नागढुङ्गास्थित क्वाटरमा चिप्लिएर लड्दा बेहोस भएका हुन्।

सभामुख अधिकारीको टाउकोमा रगत जमेको रिपोर्टमा देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

'टाउकोमा बाहिरी चोट देखिएको छैन तर, सिटिस्क्यान गर्दा रिपोर्टमा टाउकोमा रगत जमेको देखिएको छ उपचारको लागि काठमाडौँ लैजाने तयारी थालिएको छ' जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बैन बहादुर क्षेत्रीले जानकारी दिए।

बोहोस भएका सभामुख अधिकारीलाई सुरुमा पोखरा स्थित फेवासिटी अस्पतालमा पुर्‍याइएको थियो। त्यहाँ चिकित्सकहरुले टाउकोको सिटीस्क्यान गर्दा ब्रेनमा रगत जमेको देखिएको जानकारी दिएको उपचारको लागि काठमाण्डौं लग्ने तयारी थालेको क्षत्रीले बताए।

उनले अधिकारीलाई उपचारका लागि काठमाडौ लैजान हेलिकप्टर बोलाइए पनि एक घण्टा भई सक्दा पनि नआएको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell