PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

आइपीएलः मुम्बईमाथि राजस्थानको जित, चेन्नाई प्लेअफमा



पहिलोपोस्ट

आइपीएलः मुम्बईमाथि राजस्थानको जित, चेन्नाई प्लेअफमा

इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत गएराति भएको खेलमा मुम्बई इन्डियन्सलाई पराजित गर्दै राजस्थान रायल्सले प्लेअफमा पुग्ने सम्भावनालाई थप बलियो बनाएको छ। हैदरावाद र चेन्नाईले प्लेअफमा स्थान सुरक्षित गरिसकेका छन्। दुई स्थानका लागि तीन टिमको प्रतिस्पर्धा छ। 

मुम्बईलाई सात विकेटले हराउँदै राजस्थानले प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको हो। १२ खेल खेलेको राजस्थानको १२ नै अंक भएको छ। यस्तै, समान खेलबाट कोलकताको पनि १२ नै अंक छ। यी दुई टिमभन्दा एक खेल कम खेलेको पञ्जावको पनि १२ अंक नै छ। 

जोस बटलरको उत्कृष्ट प्रदर्शनमा राजस्थानले मुम्बईमाथि सानदार जित हात पारेको हो। मुम्बईले दिएको १६९ रनको लक्ष्य बटलरको नटआउट ९४ रनसँगै राजस्थानले १२ बल अघि नै पूरा गर्‍यो। राजस्थानका लागि अजिन्का राहणेले ३७ रनको योगदान दिए। सन्जु सामसनले २६ रन जोडे।  

घरेलु मैदानमा पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो। मुम्बईले उत्कृष्ट सुरुवात गरे पनि मध्यक्रमका ब्याट्सम्यान चल्न नसक्दा मध्यम योगफल मात्र तयार पार्न सक्यो। मुम्बईको इनिङमा ओपनरद्वय सूर्यकुमार यादवले ३८ र इभिन लेविसले ६० रन बनाए। यस्तै, हार्द्धिक पाण्डेयले ३६ रनको योगदान दिए। 

बलिङतर्फ राजस्थानका बेन स्टोक्स र जोफ्रा आर्करले दुई÷दुई विकेट लिए। यस्तै, मुम्बईका हार्द्धिक पाण्डेयले दुई विकेट लिए। 

यसअघि आइतबार नै भएको पहिलो खेलमा सनराइजर्स हैदरावादलाई हराउँदै चेन्नाई सुपर किङ्ग्सले प्लेअफमा स्थान पक्का गरेको थियो। हैदरावाद यसअघि नै प्लेअफमा पुगिसकेको छ। अंक तालिकामा हैदरावाद शीर्ष स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell