PahiloPost

Dec 21, 2024 | ६ पुष २०८१

बाइबाई लोडसेडिङः औद्योगिक क्षेत्रमा रहेको तीन घण्टाको लोडसेडिङ पनि अन्त्य



पहिलोपोस्ट

बाइबाई लोडसेडिङः औद्योगिक क्षेत्रमा रहेको तीन घण्टाको लोडसेडिङ पनि अन्त्य
फाइल फोटो

काठमाडौँः लामो समयको प्रयासपछि औद्योगिक क्षेत्रको लोडडसेडिङ पनि हटेको छ। नेपाल विद्युत् प्राधिकरणले सोमबारबाट औद्योगिक क्षेत्रमा भइरहेको दैनिक तीन घण्टासम्मको लोडसेडिङ अन्त्य भएको घोषणा गरेको छ।

चैतमा प्राधिकरणको भार प्रेषण केन्द्रको निरीक्षणका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले वैशाखबाट लागू हुनेगरी औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य गर्न निर्देशन दिएका थिए।

सोही निर्देशनका आधारमा औद्योगिक क्षेत्रको पनि  लोडसेडिङ अन्त्यको घोषणा गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ जानकारी दिए।

‘खोला तथा नदीमा वृद्धि भएको पानीको वहावका कारण रन अफ रिभर आयोजनाबाट विद्युत् उत्पादनमा भएको वृद्धि, अर्ध जलाशययुक्त आयोजनाको कुशलतापूर्वक सञ्चालन, कुलेखानी जलाशययुक्त आयोजनाको उपयोग, संरचनागत सुधार र अपुग भारतबाट आयात गरी लोडसेडिङ अन्त्य गरेका हौँ, घिसिङले भने, ‘अब मुलुक पूर्णरुपमा लोडसेडिङमुक्त भएको छ।’

अहिले औद्योगिक ग्राहकको माग तीन सय मेगावाटको हाराहारीमा रहेको पनि उनले जानकारी दिए।

प्राधिकरणले २०७३ को लक्ष्मीपूजाका दिनबाट परीक्षणकारुपमा काठडमाडौं उपत्ययका लगायत मुलुकका प्रमुख सहरलाई लोडसेडिङमुक्त गरेको थियो।

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले मौजुदा प्रसारण तथा वितरण संरचनाको क्षमता र अवस्था, उत्पादन केन्द्र तथा प्रसारण र वितरण प्रणालीमा आउन सक्ने प्राविधिक समस्या, मर्मत सम्भार एवं विकास निर्माणका कारण समय समयमा हुन सक्ने विद्युत् आपूर्तिको अवरोधलाई लोडसेडिङ नभनि दिन आग्रह गरेका छन्।

‘बिहान र बेलुकाको पिक सयममा अधिकतम विद्युत् खपत हुने विद्युतीय उपकरण प्रयोग नगरिदिन र अन्य समयमा पनि ऊर्जा कम खपत गर्ने उपकरण प्रयोग गरी ऊर्जा बचतमा सदाझैँ सहयोग गर्न उपभोक्तालाई आग्रह गर्दछु।’ अधिकारीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell