PahiloPost

Nov 14, 2018 | २८ कात्तिक २०७५


बसको ठक्करबाट पैदलयात्रीको मृत्यु


पहिलोपोस्ट

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

रत्ननगरः चितवनको इच्छाकामना गाउँपालिका–७ सिमलढापमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुरबाट मुग्लिनतर्फ जाँदै गरेको ना ५ ख ३१३८ नम्बरको बसको ठक्करबाट स्थानीय पैदलयात्री ७० वर्षीया धनमाया गुरुङको मृत्यु भएको हो।

मंगलबार भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी गुरुङको उपचारका क्रममा चितवन मेडिकल कलेजमा साँझ नै मृत्यु भएको प्रहरीले जनाएको छ।

इच्छाकामना–७, सिमलढापमा उक्त बसले यात्रु झारेर अगाडि बढ्न लाग्दा पैदल हिँडिरहेकी उनलाई ठक्कर दिएको थियो। ठक्कर दिने बस र चालक नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ। शवलाई अहिले भरतपुर अस्पतालमा राखिएको छ। रासस



बसको ठक्करबाट पैदलयात्रीको मृत्यु को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट