PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

धमला पत्नी एलिजा अभिनित 'यस्तो साथी' सार्वजनिक



पहिलोपोस्ट

धमला पत्नी एलिजा अभिनित 'यस्तो साथी' सार्वजनिक

काठमाडौं: संचारकर्मी ऋषि धमला र उनकी पत्नी एलिजा गौतमले हालै सार्वजनिक गरेको म्यूजिकलीको  सर्वत्र चर्चा  छ। म्यूजिकलीको चर्चा सकिन नपाउँदै अभिनेत्री समेत रहेकी धमला पत्नी एलिजाले फिल्म 'अनुराग'को गीतको भिडियो सार्वजनिक गरिन्।  

सत्यराज यस आर सीको शब्द, सरोज पोख्रेलको संगीत तथा सुगम पोख्रेल र अन्जु पन्तको स्वरमा फिल्मको 'यस्तो साथी' सार्वजनिक गरिएको हो। भिडियोमा एलिजा र समुन्द्र पण्डित  फिचर्ड छन्। 

बिक्रम स्वाँरको कोरियोग्राफी रहेको गीतमलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन्। किरण दाहालको कथामा बनेको फिल्ममा राम कुमार केसीको छायाँकन, सत्यराज चौलागाईं/आगत केसीको संवाद र भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ।

ऋषि राज धमलाको प्रस्तुतिमा बनेको फिल्मका निर्माताहरु भरत गौतम र गीता भेटवाल हुन्। सत्यराज चौलागाईको निर्देशनमा तयार भएको फिल्ममा एलिजा र समुन्द्रसँगै ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना मोहोन निरौला बिस्व बस्नेत, कमल कान्त मैनाली, बिद्या भट्टराई, दावा लामा लगायतको अभिनय छ।



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell