PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नेपाल अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवको उद्घाटन फिल्म - 'गुडबाई काठमाडौं'



पहिलोपोस्ट

नेपाल अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवको उद्घाटन फिल्म - 'गुडबाई काठमाडौं'

काठमाडौं :  नेपाल अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवको उद्घाटन हुने भएको छ। मेको १९ र २० तारिखका दिन रेगल सिनेमा, ह्याट्सभिल मेरिल्याण्डमा नेपाली फिल्महरु प्रदर्शन हुनेछन्।

१८ तारिक शुक्रबार साँझ ६ बजे पछि नेपाली राजदुत डा. अर्जुन कुमार कार्की, मेरिल्याण्ड राज्य आर्ट काउन्सिलका कार्यकारी निर्देशक केन स्क्रजेज, म्यारिल्याण्ड फिल्म अफिसका निर्देशक ज्याक गर्बेस लगायत थुप्रै व्यक्तित्वहरुको रेडकार्पेट उपस्थितिमा उद्घाटन समारोह सम्पन्न हुनेछ। अमेरिकामा रहेका नेपाली कलाकार तथा महोत्सवमा सहभागी हुने फिल्मकर्मी त्यहाँ उपस्थिति हुनेछन्।

अमेरिकाको  चर्चित एएफआइ  सिल्भर थियटर शिल्भरस्प्रिंगमा हुने समारोहमा उद्घाटन फिल्मको रुपमा नबिन सुब्बाद्वारा निर्देशित बहुप्रतिक्षित चलचित्र "गुडबाई काठमाडौं" प्रदर्शन हुनेछ। फिल्म यसअघि बुसान चलचित्र महोत्सव लगायत धेरै प्रख्यात चलचित्र महोत्सवहरुमा सहभागी भैइसककेको छ।

 मेरिल्याण्डमा नेपाल, अमेरिका, युरोप लगायत विश्वभरिका ४८ वटा फिल्महरु प्रदर्शन हुनेछन्। मे २० तारिक आइतबार साँझ नेपाली फिल्म "देश खोज्दै जाँदा" प्रदर्शन हुनेछ। ग्लोबल पिस फिल्म फेस्टिवल फ्लोरिडाकी कार्यकारी निर्देशक निना स्ट्रिक र डिसी एसियन प्यासिफिक फिल्म फेस्टिवलका कार्यकारी निर्देशक क्रिस्चियन ओ सहितको ३ सदस्यीय निर्णायक मण्डलले पुरस्कृत हुने फिल्मको छनोट गर्नेछन्। महोत्सवको समापनमा चलचित्र महोत्सव २०१९ घोषणा हुने नेपाल अमेरिका फिल्म सोसाइटीले जनाएको छ।



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell