PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

आइपीएल : चेन्नाई विरुद्ध दिल्ली ३४ रनले विजयी, सन्दीपले लिए रैनाको विकेट



पहिलोपोस्ट

आइपीएल : चेन्नाई विरुद्ध दिल्ली ३४ रनले विजयी, सन्दीपले लिए रैनाको विकेट

नेपाली खेलाडी सन्दीप लामिछानेले सुरेश रैनाको विकेट लिएको आइपीएल खेलमा दिल्लि डेयरडेभिल्सले शुक्रवार चेन्नाई सुपर किंग्सलाई ३४ रनले पराजित गरेको छ।

घरेलु मैदान फिरो शाह कोत्लामा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ६ विकेट गुमाएर १६२ रन बनाएको थियो।

जवाफमा १६३ रनको लक्ष्य पछ्याएको चेन्नाईले २० ओभरमा ६ विकेट गुमाएर १२८ रन मात्र बनाउन सक्यो।

दिल्लीका लागि घरेलु मैदानमा रिसव पन्तले सर्वाधिक ३८ रन बनाए। विजय शंकर र हर्शल पटेल समान ३६ रनमा नटआउट रहे।

चेन्नाईका लागि अम्बाटे राएडुले सर्वाधिक ५० रन बनाएपनि जितका लागि पर्याप्त भएन। यस्तै रविन्द्र जडेजाले  रन बनाए।

बलिङमा चेन्नाईका लुंगी एनगिदीले ३ ओभरमा १४ रन खर्चेर २ विकेट लिए। यस्तै दिल्लीका ट्रेन्ट बोल्टले ३ तथा अमित मिश्राले २ विकेट लिए। यस्तै सन्दीप लामिछाने र हर्शल पटेलले समान १ विकेट लिए।  

यस सिजन दिल्लीको यो चौथो जित हो र अब उसले एक खेल खेल्न बाँकी छ। १३ खेलबाट ८ अंक जोडेको दिल्ली अन्तिम स्थानमा छ र यसअघि नै प्लेअफ होडबाट बाहिरिसकेको छ।

उता यसअघि नै प्लेअफमा स्थान बनाएको चेन्नाई १३ खेलबाट १६ अंकका साथ दोस्रो स्थानमा छ।

अब लिग चरणको ४ खेल मात्र बाँकी छ। लिग अन्तर्गत शनिवार बैंगलोर र राजस्थान रोएल्स तथा कोलकता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच खेल हुनेछ।

आइतबार दिल्ली र मुम्बई तथा चेन्नाई र पञ्जावबीच खेल हुनेछ।

चेन्नाईसँगै हैदरावाद पनि प्लेअफमा पुगिसकेको छ। कोलकता प्लेफको नजिकै छ। कोलकतासँगै मुम्बई, बैंगलोर, पञ्जाव र राजस्थान प्लेअफको बाँकी दुई स्थानको होडमा छन्। त्यसैले शनिवार हुने दुवै खेल निकै महत्वपूर्ण छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell