PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

आइपीएल : हैदरावादलाई हराउँदै कोलकता प्लेअफमा



पहिलोपोस्ट

आइपीएल : हैदरावादलाई हराउँदै कोलकता प्लेअफमा

कोलकता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आइपीए)को प्लेअफमा पुग्ने तेस्रो टोली बनेको छ। शनिवार भएको अन्तिम लिग खेलमा शीर्ष स्थानको सनराइजर्स हैदरावादलाई ५ विकेटले पराजित गर्दै कोलकताले प्लेअफमा स्थान बनाएको हो।

सनराइजर्स हैदरावाद र चेन्नाई सुपर किंग्सले प्लेअफमा स्थान बनाइसकेको छ।

लिगको १४ खेलपछि ८ खेलमा जित हात पारेको कोलकता तेस्रो स्थानमा छ। पछिल्ला ३ खेलमा लगातार हार बेहोरेपनि हैदरावाद १४ खेलबाट १८ अंक जोड्दै शीर्ष स्थानमा छ। हैदरावादले शीर्ष दुई स्थानमा रहेर प्लेअफअन्तर्ग पहिलो क्वालिफायर खेल्नेछ।

हैदरावादले पहिलो स्थानमा लिग सकाए क्वालिफायरमा दोस्रो स्थानमा रहने टोलीसँग खेल्नेछ। अहिले चेन्नाई सुपर किंसग १३ खेलबाट १६ अंकका साथ दोस्रो स्थानमा छ। यदी चेन्नाईले अन्तिम खेलमा पञ्जावसँग पराजित भए हैदरावाद पहिलो र कोलकता दोस्रो हुँदै पहिलो क्वालिफायर खेल्नेछ।

चेन्नाई राम्रो नतिजामा विजयी भए पहिलो स्थानमा पुग्नेछ र हैदरावादसँग क्वालिफायर खेल्नेछ। यस्तो भए कोलकताले तेस्रो स्थानमै यथावत रहनेछ र चौथो हुने टोलीसँग एलिमिनेसन खेल्नेछ।

अब राजस्थान रोएल्स, मुम्बई इन्डियन्स र पञ्जावमध्ये एक टिम प्लेअफमा पुग्नेछ।
 

प्रसिद कृष्णको ४ विकेट, लिन अर्धशतकमा कोलकताको जित

कोलकतालाई सिजनको आठौँ जित दिलाउँदै प्लेअफमा पुर्‍याउन युवा बलर प्रसिद कृष्णले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। यस्तै क्रिस लिनले अर्धशतक बनाए।

हैदरावादले दिएको १७३ रनको लक्ष्य कोलकताले १९.४ ओभरमा ५ विकेट गुमाएर पुरा गर्‍यो। सिनल नारिनले १० बलमा २९ रन बनाउँदै कोलकतालाई गतिलो सुरुवात दिलाएका थिए। लिनले रोविन उथापासँग दोस्रो विकेटका लागि ६७ रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए। लिनले ४३ बल खेल्दै ४ चौका र ३ छक्काको मद्दतमा सर्वाधिक ५५ रन बनाए। ३४ बल खेलेका उथापाले ३ चौका र २ छक्का प्रहार गर्दै ४५ रन योगदान गरे। कप्तान दिनेश कार्तिकले नटआउट २६ रन बनाए।

त्यसअघि घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७२ रन बनाएको थियो। ओपनर शिखर धवन र श्रीशान्त गोश्वामीले गतिलो सुरुवात दिलाएपनि त्यसलाई कायम राख्न नसक्दा हैदरावादले सोचे अनुसार रन बनाउन सकेन। पहिलो विकेटका लागि यी दुईले ७९ रनको साझेदारी गरेका थिए।

धवनले ३९ बल खेल्दै ५ चौका र १ छक्काको मद्दतमा ५० तथा गोश्वामीले २६ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३५ रन बनाए। कप्तान केन विलियमसनले १७ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ३६ रन बनाए। १४१ रन हुँदा २ विकेट मात्र गुमाएको हैदरावादले विलियमसनको विकेट गुमाएपछि निरन्तर विकेट गुमायो। हैदारवादले पछिल्लो ३१ रन जोड्दा ७ विकेट गुमाएको थियो।

हैदरावादको स्कोर रोक्न कोलकताका प्रसिद कृष्णले ४ ओभरमा ३० रन खर्चेर ४ विकेट लिए। उनले अन्तिम ओभरमा ३ विकेट लिएका थिए भने सोही ओभरमा रनआउट समेत भएको थियो। हैदरावादले अन्तिम ओभरमा ४ विकेट गुमाएको थियो।

कोलकता आन्द्रे रसेल,सुनिल नारिन, कुलदिप यादव र ज्यासन सिएरलसले १-१ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell