PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

एकै दिन सिटभन्दा बढी बढी यात्रु बोक्ने १८९ गाडीका चालक परे कारवाहीमा



पहिलोपोस्ट

एकै दिन सिटभन्दा बढी बढी यात्रु बोक्ने १८९ गाडीका चालक परे कारवाहीमा
फाइल फोटो

काठमाडौं : क्षमताभन्दा बढी यात्रु बोक्ने गाडी चालक कारबाहीमा परेका छन्। गृहमन्त्री रामबहादुर थापाको निर्देशन बमोजिम महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतवार १ सय ८९ वटा सवारीका चालकलाई कारबाही गरेको हो।

महाशाखाले आइतवार उपत्यकाका विभिन्न स्थानमा सार्वजनिक सवारी रोक्दै ‘चेक’ गरेको थियो। चेकिङका क्रममा क्षमताभन्दा बढी यात्रु बोकेको पाइएकाले कारबाही गरेको महाशाखाका एसपी मुकुन्द मरासिनीले जानकारी दिए। 

‘क्षमताभन्दा धेरै यात्रु बोक्ने सवारी चालकलाई कारबाही गरेका हौं। अब हाम्रो अभियान निरन्तर रहन्छ,’ उनले भने।

यसरी कारबाहीमा पर्न सबैभन्दा बढी सफा टेम्पो छन्। अफिस समयमा सार्वजनिक सवारीले क्षमताभन्दा बढी यात्रु बोक्ने गरेको पाइएको छ। १८ सिटभन्दा कम क्षमता भएका सवारीले बढी यात्रु बोकेर यात्रा गरेको एसपी मरासिनीले बताए।

महाशाखाले पहिलो चरणमा क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीलाई ५ सय जरिवाना तिराएको छ। दोस्रोपटक पनि क्षमताभन्दा बढी यात्रु बोकेको पाइए ३ हजार रुपैयाँ जरिवाना लगाउने नियम भएको एसपी मरासिनीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell