PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कुख्यात गोरेको अनुहार यसरी भयो उजागर

कुख्यात गोरेको अनुहार यसरी भयो उजागर

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : शनम शाक्यको यातनापूर्वक भएको हत्याको भिडियो सोसल मिडियामा भाइरल भइरहँदा चुडामणि उप्रेति उर्फ गोरे कुख्यात भइसकेका थिए।

३३ किलो सुन प्रकरणका मुख्य अभियुक्त मानिएका गोरेलाई आज गृह मन्त्रालयमा सार्वजनिक गरियो। गोरे हराइरहेको ३३ किलो सुन प्रकरणमात्र होइन, सुन तस्करीको लहरो तान्दा पहरो गर्जाउन सक्ने पात्र हुन्। यही ३३ किलो सुनले नै तस्करसँग प्रहरीका उच्च पदस्थ अधिकारीसमेत अनुसन्धानमा तानिएका छन्। 

प्रहरी नै तस्करीमा जोडिएपछि सरकारले गृह मन्त्रालयका सह सचिवको नेतृत्वमा छानविन समिति बनायो। त्यही समितिले आज गोरेलाई सार्वजनिक गर्यो । ल्याइँदा मुख छोपेर ल्याइएका गोरेलाई पत्रकारहरुले टोपी खोल्न भएपछि उनी भड्किएका थिए। अश्लिल शब्द बोल्दै गालीगलौजमा उत्रिएका गोरेको अनुहार त्यसपछिमात्रै खुल्यो।


ट्रेन्डिङ पोस्ट

Ncell