PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

के ज्यान जोगाउनै गोरे काठमाडौं आएका थिए? कसले दियो उनलाई थ्रेट?



सविन ढकाल

के ज्यान जोगाउनै गोरे काठमाडौं आएका थिए? कसले दियो उनलाई थ्रेट?

काठमाडौं : सुन काण्डमा समातिएकाहरुको मुद्दामाथि सुनुवाई जारी रहँदैगर्दा घटनामा एकाएक ट्विस्ट आएको छ। गृह मन्त्रालयले चुडामणि उप्रेती उर्फ गोरे पक्राउ गरेपछि घटनाक्रमले नयाँ मोड लिएको हो। 

गृहको दावी मान्ने हो भने गोरे काठमाडौंबाटै समातिए। तर, ३३ किलो सुन प्रकरण र त्यससँगै जोडिएको तीनवटा ‘मृत्यु’ ले कुख्यात भइसकेका गोरे एकाएक काठमाडौंमा कसरी टप्किए? कतै उनले आत्म समर्पण गरेका त होइनन्?

फागुन १८ गते सनम शाक्यको हत्या गरेर मोरङबाट फरार गोरे आजमात्र काठमाडौं आइपुगेका हुन्। 

आखिर गोरे काठमाडौं नै किन आए त?

छानविन समितिका एक सदस्यले पहिलोपोस्टसँग भने, ’अन्तिममा केही नलागेपछि आफ्नै ज्यानको सुरक्षाका लागि यहाँ आएका हुन्। छानविन समितिसँग आत्मसमर्पण गरे बचिन्छ भन्ने उनलाई लागेको रहेछ।‘

गत माघ ९ गते विमानस्थलबाट अवैधरुपमा बाहिएको ३३ किलो सुन हराएपछि पहिलो निशानमा परेका थिए गोरे। ३३ किलो सुन प्रकरणमा पक्राउ परेका भुजुङ गुरुङ र मोहनकुमार अग्रवाल समुहले गोरेलाई सुन हराएकोमा यातना दिँदै आएका थिए जुन उनले बयानमा पनि भनेका छन्। 

संगठित अपराध भएकाले गोरे पक्राउ परे अन्यको पोल खुल्ने सम्भावना थियो। गोरेले बयानका क्रममा आफ्नै ज्यान जोखिममा रहेको बताएका थिए। 

‘चारैतिरबाट गोरेले थ्रेट फिल गरेको रहेछ,’ अनुसन्धानमा संलग्न ती अधिकारीले भने। 

गोरेले समितिसँगको बयानमा आफू भरियामात्र भएको र सुन लुट्ने योजना भुजुङ गुरुङ र मोहनकुमार अग्रवालको भएको बताएका छन्। 
 

भारतको सिलगुढीमा थिए गोरे

सनमको हत्या गरेर फरार गोरे भारतको सिलगुढी, कलकता र सिक्किममा बस्दै आएको खुलेको छ। गोरे आज बिहानमात्रै सडकमार्ग हुँदै काठमाडौं छिरेका थिए।

गोरे समातिएपछि उनले दिएका बयान सबै विश्वसनीय नरहेको छानविन समितिका सदस्यले जानकारी दिए। उनी असुरक्षित भएर आए या उनीसँग अरु कुनै ‘प्लान’ छ? 

छानविन समितिले आज पत्रकार सम्मेलनमा एकातर्फीमात्र ‘कन्टेन्ट फ्लो’ गर्नुले यस्ता प्रश्नलाई जिवितै राखेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell