PahiloPost

Jul 3, 2024 | २० असार २०८१

गोरे हिरासतमै असुरक्षित ! ज्यान जोगाउन अदालतमा निवेदन



पहिलोपोस्ट

गोरे हिरासतमै असुरक्षित ! ज्यान जोगाउन अदालतमा निवेदन

काठमाडौं : ३३ किलो सुन प्रकरण र सनम शाक्यको हत्याका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेले हिरासतमा रहँदा मानव अधिकारकर्मीको उपस्थिति खोजेका छन्। 

बुधवार जिल्ला अदालत मोरङमा भएको बयानपछि अभियुक्त गोरले ज्यानको खतरा भएको भन्दै जीवन रक्षाका लागि निवेदन दिएका हुन्। मंगलवार काठमाडौंको गौरीघाटबाट पक्राउ परेका गोरेलाई बयानका लागि आज जिल्ला अदालतमा उपस्थित गराइएको हो।

गोरेलाई वडा प्रहरी कार्यालय पोखरियामा राखिएको छ। गोरेले सुन तस्करीका मुख्य नाइकेहरुले सानु बमको त्रिभुवन विमानस्थल र प्रेमलाल चौधरीको महानगरीय प्रहरी बृत्त सिहंदरबारभित्र नै रहस्यमय मृत्यु भएको प्रसंग निकाल्दै मानवअधिकार्मीको रोबहरमा आफूलाई राख्न माग गरेका हुन्।

३३ किलो सुन हराएदेखि नै गोर तस्करको निशानमा पर्दै आएको समितिको बयान बताएका थिए। सनमको हत्यापछि भारतमा लुकेर बसेका गोरेलाई मार्ने धम्की आएपछि आत्मरक्षाको लागि नेपाल आएको सुत्रको दावी छ।


पढ्न सिफारिस :

तस्करीको जालो : गोरे गए काले, काले गए गोरे



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell