PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

छोरालाई घरबाट निकाल्न आमाबाबुको मुद्दा, 'अदालतले दियो छोरालाई घर छाड्न आदेश'



पहिलोपोस्ट

छोरालाई घरबाट निकाल्न आमाबाबुको मुद्दा, 'अदालतले दियो छोरालाई घर छाड्न आदेश'
तस्विर : बीबीसी

न्यूयोर्क: अमेरिकामा एक दम्पतीले आफ्ना ३० वर्षीय छोराले घर छोडेर जान अस्वीकार गरेपछि छोराविरुद्ध अदालतमा मुद्दा नै दायर गरेका छन्। ती दम्पतीले छोराविरुद्ध मुद्दा पनि जितेका छन्।

साइराक्यूजको उच्च अदालतमा सुनवाइ गर्दै न्यायाधीश डोनाल्ड ग्रीनवुडले छोरा माइकल रोटोन्डोको कानुनी अनुसन्धानको प्रशंसा गरे तर तिनलाई घर छोडेर जान आदेश दिए।

न्यायाधीशले आफ्नो आमा-बाबुको घरमा अर्को ६ महिना बस्न पाउनु पर्ने रोटोन्डोका  मागलाई “अपमानजनक“ भएको बताएका छन्। यता आफ्नो मुद्धाको कानुनी प्रतिनिधित्व आफैँले गरेका रोटोन्डोले भने घर छाडेर जान दिएको सूचना अपमानजनक भएको तर्क गरेका थिए।

आफ्ना आमाबुबाले उनलाई घरबाट बाहिर पठाउन हतार गरेकोमा आश्चर्य व्यक्त गर्दै कसैको भरोसामा बसिरहेकाका लागि ६ महिनाको समय दिनु उचित हुने तर्क गरेका थिए।

न्यायाधीशले रोटोन्डोलाई आफ्ना आमाबाबुसँग कुरा गर्न आग्रह गर्दै स्वेच्छिक रूपमा घर छोड्न भने, तर रोटोन्डोले त्यसलाई अस्वीकार गरेका थिए।

न्यायाधीश ग्रीनवुडले भने रोडोडाले घर छोडी गएको हेर्न चाहेको बताएको एबीसी न्यूजलाई उद्धत गर्दै बीबीसीले लेखेको छ।

पछिल्लो हप्ता अदालतमा मुद्दा दायर गर्दै क्रिस्टीना र मार्क रोटोन्डोले फेब्रुअरी २, २०१८ देखि आफ्नो छोरालार्इ घर छोडेर जान धेरै पटक सूचना दिएको बताएका छन्।

अदालतको यो निर्णयविरुद्ध अपील गर्ने र तीन महिनाभित्र घर छाड्ने योजना बनाएको रोटोन्डोले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell