PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

आइपीएल : कोलकतालाई हराउँदै हैदरावाद फाइनलमा, चेन्नाईसँग उपाधि भिडन्त



पहिलोपोस्ट

आइपीएल : कोलकतालाई हराउँदै हैदरावाद फाइनलमा, चेन्नाईसँग उपाधि भिडन्त

रसिद खान : नटआउट ३४ रन, ३ विकेट, २ क्याच, १ रनआउट।

सनराइजर्स हैदरावादलाई इन्डियन प्रिमियर लिग (आइपीएल) को ११औँ संस्करणको फाइनल पुर्‍याउने प्रदर्शन।

रसिदकै अलराउण्ड प्रदर्शनमा कोलकता नाइट राइडर्सलाई दोस्रो क्वालिफायरमा १३ रनले पराजित गर्दै हैदरावादले फाइनलमा स्थान बनाएको हो।

हैदरावादले अब उपाधिका लागि चेन्नाई सुपर किंग्ससँग खेल्नेछ। चेन्नाईले पहिलो क्वालिफायरमा हैदरावादलाई नै पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।

तर हैदरावादले दोस्रो मौकालाई सदुपयोग गर्दै फाइनलमा स्थान बनायो।

एडेन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७४ रन बनाएको थियो। उसका लागि ऋद्दिमन शाहले ३५ तथा शकिब अह हशनले ३४ रन बनाए। आठौँ नम्बरमा ब्याटिङ गरेका रसिदले १० बलमा २ चौका र ४ छक्काको मद्दतमा नटआउट ३४ रन जोडे। रसिदको आक्रमक ब्याटिङकै सहयोगमा हैदवादले अन्तिम २ ओभरमा ३६ रन जोडेको थियो। बलिङमा कोलकताका कुलदिप यादवले २ विकेट लिए।

१७५ रनको लक्ष्य पछ्याउँदै राम्रो सुरुवात गरेको कोलकताले नियमित अन्तरमा विकेट गुमाउँदा लक्ष्य भेट्न सकेन। कोलकताले २० ओभरमा ९ विकेट गुमाएर १६१ रन मात्र बनाउन सक्यो। कोलकताका लागि ओपनर क्रिस लिनले सर्वाधिक ४८ रन बनाए। शुवमन गिलले ३० तथा सुनिल नारिनले २६ रन जोडे।

कोलकताको इनिङ्स ध्वस्त पार्न रसिद खानले ४ ओभरमा १९ रन खर्चेर मिडल ओभरको ३ विकेट लिए। यस्तै सिद्दार्थ कौउल र कार्लोस ब्रेथवेइटले २-२ विकेट लिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell