PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

आइपीएल फाइनल : चेन्नाई भर्सेस हैदरावाद, कसले जित्ला उपाधि?



पहिलोपोस्ट

आइपीएल फाइनल : चेन्नाई भर्सेस हैदरावाद, कसले जित्ला उपाधि?

इन्डियन प्रिमियर लिग (आइपीएल)को ११औँ संस्करणको फाइनल खेल आज हुँदैछ। यस सिजनको उपाधिका लागि महेन्द्र सिंह धोनीको चेन्नाई सुपर किंग्स र केन विलियमसनको सनराइजर्स हैदरावाद मुम्बईको वानखडे स्टेडियममा भिड्दैछन्।

दुबै टोली पूर्व च्याम्पियन समेत हुन्। सन २०१० र ११ को विजेता चेन्नाई तेस्रोपटक उपाधि जित्दै मुम्बई इन्डियन्ससँग उपाधि संख्या बराबरी गर्ने दाउमा हुँदा २०१५ को च्याम्पियन हैदरदवाद चेन्नाई र कोलकताले हात पारेको उपलब्धि बराबरी गर्ने अभियानमा हुनेछ।

लिग चरणमा १४ मध्ये ९ खेल जित्दै समान १८ अंक जोडेको हैदरावाद र चेन्नाईलाई रनरेटले पहिलो र दोस्रो बनाएको थियो।

तर पहिलो क्वालिफायरमा चेन्नाईले हैदरावादलाई नै पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। हैदरावादले पुन: पाएको मौकामा कोलकतालाई हराउँदै चेन्नाईसँग फाइनल भिडन्त पक्का गरेको हो।

यस सिजन लिग सिजन र प्लेअफ गरी यी दुई टोली ३ पटक भिडिसकेका छन् र तीनै पटक चेन्नाई विजयी भएको छ।

लिग चरणमा शीर्ष दुई स्थानमा रहेका टिम फाइनल पुगेको यो छैटौँ अवसर हो। यसअघि सन् २०११, १३, १४ र १५ मा दोस्रो भएको टिमले उपाधि जितेको थियो भने २०१७ मा पहिलो भएको टिमले उपाधि जितेको थियो।

चेन्नाईले लगातार दुई उपाधि जितेपछि २०१२,२०१३ र २०१५ को फाइनलमा हार बेहोरेको थियो। चेन्नाईको यो छैटौँ फाइनल हो।

अहिलेसम्म एक पटक मात्र आइपीएल जित्ने टिमका खेलाडीले सर्वाधिक रन पनि बनाउँदै अरेन्ज क्याप जितेका छन्। सन् २०१४ मा कोलकता र रोविन उथप्पाले यो उपलब्धि हासिल गरेका थिए।

यस पटक फाइनल पुगेका हैदरावादका केन विलियमसन (६८८) पनि सर्वाधिक रन बनाउनेमा अगाडी छन्। उनले फाइनलमा विजेता भए उथप्पा  कीर्तिमान बराबरी गर्नेछन्।

यस सिजन सर्वाधिक रन बनाउने खेलाडीले पाउने अरेन्ज क्याप विलियमसनले पाउने लगभग पक्का छ। सर्वाधिक रन बनाउनेको सूचीमा चौथो स्थानमा रहेको चेन्नाईको अम्बाती रायडु (५८६) ले विलियमसनलाई भेट्नेछैनन्।

यस्तै सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा आइपीएलबाट बाहिरिसकेको पञ्जावका आन्द्रे त्ये २४ विकेटका साथ शीर्ष स्थानमा छन्। तर हैदरावादका सिद्दार्थ कौउल र रसिद खान समान २१ विकेटका साथ दोस्रो स्थानमा छन्। यी दुईमध्ये एकले ४ विकेट वा त्यो भन्दा बढी लिन सकेका सर्वाधिक विकेट लिने खेलाडीले पाउने पर्पल क्यात हात पार्नेछन्।

हैदरावादको प्रदर्शन धेरै हदसम्म कप्ता विलियमसन र बलर रसिदको प्रदर्शनमा भर पर्नेछ। दोस्रो क्वालिफायरमा रसिदको अलराउण्ड प्रदर्शनमा हैदरावादले कोलकतालाई हराएको थियो। भुवनेश्वर, रसिद जस्ता बलरहरू रहेको बलिङ हैदरावादको सबैभन्दा बलियो पक्ष हो। उता ब्याटिङमा बलियो चेन्नाईका लागि अम्बाती रायडु, शेन वाट्सन, कप्तान धोनी, सुरेश रैना जस्ता खेलाडी छन्। सुरुका खेलमा उपस्थित नभएका बलर लुंगी एनगिदीले बलिङमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।

चेन्नाईका लागि शार्दुल ठाकुरले सर्वाधिक १५ विकेट लिएका छन् भने ड्वाने ब्राभो, दीपक चाहर र एनगिदीले समान १० विकेट लिएका छन्। एनगिलीले ६ खेल मात्र खेलेका छन्।

फाइनल खेल चेन्नाईको ब्याटिङ भर्सेस हैदरावादको बलिङबीच हुनेछ।

अहिलेसम्म चेन्नाई र हैदरावाबीच कूल ९ खेल भएकोमा चेन्नाईले ७ खेल जितेको छ।

 

रोड टू फाइनल

चेन्नाई

हैदरावाद

मुम्बई विरुद्ध १ विकेटले विजयी

राजस्थान विरुद्ध ९ विकेटले वियजी

कोलकता विरुद्ध ५ विकेटले विजयी

मुम्बई विरुद्ध १ विकेटले विजयी

पञ्जावसँग ४ रनले पराजित

कोलकता विरुद्ध ५ विकेटले विजयी

राजस्थान विरुद्ध ६४ रनले वियजी

पञ्जावसँग १५ रनले पराजित

हैदरावाद विरुद्ध ४ रनले विजयी

मुम्बई विरुद्ध ३१ रनले विजयी

बैंगलोर विरुद्ध ५ विकेटले विजयी

चेन्नाईसँग ४ रनले पराजित

मुम्बईसँग ८ विकेटले पराजित

पञ्जाव विरुद्ध १३ रनले विजयी

दिल्ली विरुद्ध १३ रनले विजयी

राजस्थान विरुद्ध ११ रनले विजयी

कोलकता विरुद्ध ६ विकेटले विजयी

दिल्ली विरुद्ध ७ विकेटले विजयी

बैंगलोर विरुद्ध ६ विकेटले विजयी

बैंगलोर विरुद्ध ५ रनले विजयी

राजस्थानसाग ४ विकेटले पराजित

दिल्ली विरुद्ध ९ विकेटले विजयी

हैदरदवाद विरुद्ध ८ विकेटले विजयी

चेन्नाईसँग ८ विकेटले पारजित

दिल्लीसँग ३४ रनले पराजित

बैंगलोरसँग १४ रनले पारजित

पञ्जाव विरुद्ध ५ विकेटले विजयी

कोलकतासँग ५ विकेटले पराजित

हैदरावाद विरुद्ध २ विकेटले विजयी

चेन्नाईसँग २ विकेटले पराजित

 

कोलकता विरुद्ध १३ रनले विजयी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell