PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

ट्रम्प र किमबीच वार्तको सम्भावना कायमै



पहिलोपोस्ट

ट्रम्प र किमबीच वार्तको सम्भावना कायमै
तस्विर : सिएनएन

साेल :  उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनबीच शनिवार आकस्मिक भेटवार्ता भयो।  भेटवार्ताले 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुन १२ मा उत्तर कोरियाली नेता किम जोङ उन बीच हुने भनिएको वार्ताको सम्भावनालाई बढाएको  हफिङ्टन पोस्टले जनाएको छ। 

ट्रम्प-किम बीचको शिखर वार्ता रद्द भएको समाचार सार्वजनिक भएसँगै शनिवार उत्तर कोरिया तर्फको पानमुनजोम क्षेत्रमा दुई कोरियाली नेताहरुको आक्समिक भेट भएको थियो।
 
बिहीवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुन १२ का लागि तय भएको अमेरिका र उत्तर कोरिया बीच तय भएको शिखर वार्ता रद्द गरेका थिए। तर, ट्रम्पले पछि फेरी किमसँगको वार्ता टरि नसकेको अभिव्यक्ति दिएका थिए।

किम र मुन ले उत्तर कोरिया र अमेरिका बीच तय भएको वार्ता सफलतापूर्वक सम्पन्न हुनुपर्नेमा सहमति जनाएका सीएनएनले जनाएको छ।  मुनका अनुसार किम उत्तर कोरियामा निःशस्त्रीकरण का लागि प्रतिबद्ध रहेका छन्। तर उत्तर कोरिया अझै अमेरिकासँग सुरक्षा ग्यारेन्टीमा आश्वास्त हुन सकेका छैनन्। 

उत्तर कोरियाली समाचार संस्था केसीएनएका अनुसार नेता किमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्ता हुनेमा विश्वास जनाएका छन्।
 
ह्वाइट हाउसका प्रवक्ताका अनुसार सिंगापुरमा तय भएको वार्ताको तयारीका लागि  एउटा टिम निर्धारित समयमै सिंगापुर जानेछ।  यसैसँग डोनाल्ड ट्रम्प र किम जोङ उन बीच जुन १२ मा सिङ्गापुरमा तय भएको वार्ताको  भविष्य जीवितै रहेको छ।
 
राष्ट्रपति ट्रम्पले उत्तर कोरियाले आफ्नो पारमाणविक अस्त्र नस्ट नगरे वार्ता टर्ने चेतावनी दिएका थिए। र उत्तर कोरियाले देखाएको आक्रोशपूर्ण व्यवहारले वार्ता रद्द गरेको बताएका थिए।

यता उत्तरले पनि अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले उत्तर कोरियाका लागि लिबिया मोडल पछ्याउने भन्दै दिएको टिप्पणी  पछि उत्तर कोरियाले उक्त बैठकबाट बाहिरिने धम्की दिएको थियो।

तर  उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाई इनबीचको वार्ता र ट्रम्पले वार्ता रद्ध गरेपछि फेरी किमसँगको वार्ता टरिनसकेको अभिव्यक्ति दिएको अवस्थामा तोकिएकै मितिमा किम र ट्रम्पबीच हुने भनिएको शिखर वार्ता हुने सम्भावना बढेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell