PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

आइपीएल : फाइनलमा शेन वाट्सनको शतक, चेन्नाई तेस्रो पटक च्याम्पियन



पहिलोपोस्ट

आइपीएल : फाइनलमा शेन वाट्सनको शतक, चेन्नाई तेस्रो पटक च्याम्पियन

इन्डियन प्रिमियर लिग (आइपीएल) को ११औँ संस्करणको उपाधि चेन्नाई सुपर किंग्सले जितेको छ। आइतबार भएको फाइनल खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै चेन्नाईले तेस्रो पटक उपाधि जितेको हो।

यससँगै चेन्नाईले सर्वाधिक उपाधिक जित्ने मुम्बईको कीर्तिमान बराबरी गरेको छ।

शेन वाट्सनले शतक प्रहार गरेपछि १७९ रनको लक्ष्य चेन्नाईले १८.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो। चेन्नाईका लागि वाट्सनले नटआउट ११७ रन बनाए। ५७ बल खेलेका वाट्सनले ११ चौका र ८ छक्का प्रहार गरे। सुरेश रैनाले ३२ रन बनाए भने अम्बाटे रायडु १६ रनमा नटआउट रहे।

मुम्बईको वानखडे स्टेडियममा टस हारे पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७८ रन बनाएको थियो। उसका लागि कप्तान केन विलियम्सनले ४७ रन बनाए भने युसुफ पठानले नटआउट ४५ रन जोडे।

चेन्नाईलाई च्याम्पियन बनाउन ११७ रन बनाएका शेन वाट्सन फाइनल खेलको म्यान अफ दि म्याच घोषित भए। उनले ५ लाख भारु पाए।

अवार्ड विजेताहरु
चेन्नाई: विजेता (२० करोड भारु)
उपविजेता: हैदरावाद (१२.५ करोड)
सर्वाधिक रन: केन विलियम्सन -७३५ रन (अरेन्ज क्याप) -१० लाख भारु
सर्वाधिक विकेट: आन्द्रे त्ये -२४ विकेट (पर्पल क्याप) -१० लाख भारु
इमर्जिङ प्लेअर: रिसव पन्त (१० लाख भारु)
फेयर प्ले: मुम्बई इन्डियन
मोस्ट भ्यालुयवल प्लेअर: सुनील नारिन (१० लाख भारु)
भिभो पर्फेक्ट क्याच अफ दि सिजन : ट्रेन्ट बोल्ट  (१० लाख भारु)
टाटा नेक्सन सुपर स्ट्राइकर अवार्ड: सुनील नारिन (टाटा नेक्सन कार)
एफबीबी स्टाइलिस प्लेअर अफ दि इअर :रिसव पन्त (१० लाख भारु)
स्टार प्लस नयी सोत अवार्ड : महेन्द्रसिंह धोनी (१० लाख भारु)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell