PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

इच्छुक स्मृतिमा चार श्रष्टा पुरस्कृत



पहिलोपोस्ट

इच्छुक स्मृतिमा चार श्रष्टा पुरस्कृत

काठमाडौँ: यसवर्ष इच्छुक स्मृति पुरस्कारबाट चार श्रष्टा पुरस्कृत भएका छन्। चितवनका कवि मोदनाथ मरठ्ठा र काठमाडौँका कवि विनोदविक्रम केसी पुरस्कृत भएका हुन्। इच्छुक स्मृति दिवस तथा सांस्कृतिक बलिदान दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा कविद्धय सहित चार श्रष्ठा पुरस्कृत भएका हुन्। कविद्वयले प्रमाणपत्र सहित जनही ५० हजार रुपैयाँ  प्राप्त गरे।

त्यस्तै इच्छुक प्रतिभा पुरस्कारबाट साहित्यतर्फ काठमाडौंकी कवि शोभा दुलाल र कलातर्फ कालिकोटकी गायिका फूलमाया दर्जी ‘प्रगति हिङमाङ पुरस्कृत भइन्। उनीहरुले जनही २५ हजार रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गरे।

कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण'ले इच्छुकले साहित्यमार्फत देखाएको क्रान्तिको सपनालाई पूरा गर्न प्रतिवद्ध हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा सामना सांस्कृतिक परिवारका कलाकारहरुले इच्छुकको सम्झनामा सांगितिक प्रस्तुति दिएका थिए। साथै कवि शिला योगीको कविता सङ्ग्रह ‘सपनाका मेघमाला'  पनि विमोचन गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell