PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

काठमाडौंमै गोली लागेका गुन्डा 'दावा लामा' पनि जुवामा, प्रहरीको खोजी सूचीमा चढ्यो नाम



पहिलोपोस्ट

काठमाडौंमै गोली लागेका गुन्डा 'दावा लामा' पनि जुवामा, प्रहरीको खोजी सूचीमा चढ्यो नाम

काठमाडौं : भारतको सिक्किममा बसेर 'बेटिङ' लगाएका गुन्डा नाइके दावा लामालाई प्रहरीले खोजीको सूचीमा राखेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अनलाइन जुवा खेलाएको अभियोगमा पूर्व फुटवल खेलाडी अञ्जन केसीसहित ६ जनालाई पक्राउ गरेसँगै दावाको बेटिङ बाहिर आएको हो।

केही समयदेखि भारतको सिक्किममा रहेका लामाले भारु १० लाख रुपैयाँ बेटिङ गरेको प्रहरी अनुसन्धानमा देखिएको छ। परिसरका एसएसपी विश्वराज पोखरेलले, 'लामा पनि जुवा खेलमा सहभागी भएको देखिएको छ। उनलाई खोजी गर्दैछौं।'

२०७३ चैत २९ गते काठमाडौंको गौरीघाटमा दाबा लामामाथि गोली प्रहार भएको थियो। गौरीघाटस्थित दिव्या पार्टी प्यालेसको ‘जिम हाउस’मा लामामाथि गोली प्रहार भएको हो।

अपराधमा लामो नाता

२०६७ सालदेखि लामा पटकपटक जेल पर्दै र छुट्दै आएका थिए। कुनै बेला गणेश लामाको सहयोगी रहेका दावा लामाले पछिल्लो समय आफ्नै ग्याङ खडा गरेका छन्। काभ्रेली समूहका नाममा उनले अपहरण, जबरजस्ती चन्दा असुली लागू औषधदेखि ज्यान मार्ने उद्योगसमेत गर्ने गरेको प्रहरीले जनाएको छ।

ललितपुरका ३४ वर्षीय राजन श्रेष्ठलाई एक वर्षअघि उनले खुकुरी प्रहार गरेका थिए। काठमाडौंका एक व्यापारीबाट पटकपटक गरी ४० लाखभन्दा बढी उनले लुटेका थिए।

लामालाई प्रहरीले पछिल्लो समय २०७३ माघमा जय नेपाल हल अगाडिको एउटा क्लबमा झगडा गरेको विषयलाई लिएर प्रहरीले लामालाई पक्राउ गरेको हो। डेजाभु नामक नयाँ डिस्कोमा झगडा गर्दै लामाले साहु राम गिरीमाथि कुटपिट गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell