PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

सुन प्रकरण फरार एसएसपी खत्रीको 'सरेन्डर'



पहिलोपोस्ट

सुन प्रकरण फरार एसएसपी खत्रीको 'सरेन्डर'

काठमाडौं : एसएसपी श्याम खत्री जिल्ला अदालत मोरङमा उपस्थित भएका छन्।

३८ सय किलो सुन प्रकरणमा जोडिएका एसएसपी खत्रीविरुद्ध प्रहरीले डिफ्युजन नोटिस जारी गरे लगतै उनी बिहीवार अदालत पुगेका हुन्। जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोज केसीले एसएसपी खत्री अदालतमा हाजिर भएको पुष्टि गरे। 

सुन प्रकरण र सनम हत्याको विषयमा छानविन सुरु भएसँगै फरार रहेका खत्रीसहित तीन जना विरुद्ध प्रहरी प्रधान कार्यालय नक्सालले डिफ्युजन नोटिस जारी गरेको थियो। एसएसपी खत्री सहित रमेश उप्रेती र मोहनकुमार अग्रवाल विरुद्ध नोटिस जारी भएको हो।

एसएसपी श्याम खत्रीले विमानस्थलमा कार्यारत हुँदा सुन तस्करीलाई सहयोग गर्ने गरेको गोरेले बयान दिएका छन्। खत्रीले विमानस्थलबाट एक किलो सुन बाहिर ल्याउँदा पचास हजार रुपैयाँसम्म लिने गरेको गोरेको दाबी छ। अन्य अभियुक्तहरुले पनि उनीविरुद्ध वयान दिएका छन्।

गोरेकै बयानलाई मान्ने हो भने एसएसपी खत्रीले अहिलेसम्म ५ सय किलो सुन विमानस्थलबाट बाहिर्‍याएका छन्। एसएसपी खत्री २०७३ पुस २१ गते केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले बरामद गरेको ३३ किलो सुन प्रकरणमा समेत पक्राउ परेका थिए। अन्ततः खत्रीलाई अदालतले धरौटी बुझाएर छोडेको थियो।
एसएसपी खत्रीको अदालतले बयान शुरु गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell