PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

सुन तस्करी भएको थाहै छैन : एसएसपी श्याम खत्री



सविन ढकाल

सुन तस्करी भएको थाहै छैन : एसएसपी श्याम खत्री

काठमाडौं : बिहीवार जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका एसएसपी श्याम खत्रीले ‘सुन तस्करी गरेको’ अस्वीकार गरेका छन्। 

पाँच घन्टा लामो बयानमा एसएसपी खत्रीले ‘सुन नै नभेटिएको भन्दै के को तस्करी?’ भन्दै प्रतिप्रश्न समेत गरे। 

चुडामणि उप्रेती गोरेले बयानमा एसएसपी खत्रीले सुन तस्करी गर्ने गरेको बताएका थिए। तर, खत्रीले भने बयानमा ‘गोरले आफू डिआइजीको मान्छे भन्दै’ नटेर्ने गरेको बताए। 

बयानमा खत्रीले भनेका छन्, 'एयरपोर्टबाट सुन तस्करी भएको कुरा मलाई थाहा छैन। मेरो संलग्नता पनि छैन। मैले कमिसन लिएको कुरा पनि झुटो हो।'

३८ सय किलो सुन प्रकरणमा जोडिएका एसएसपी खत्रीविरुद्ध प्रहरीले डिफ्युजन नोटिस जारी गरे लगतै उनी बिहीवार अदालतमा पुगेका हुन्। बयानपछि उनीमाथिको थुनछेक बहस पनि सकिएको छ। प्रतिवादीका तर्फबाट हेमराज पन्त र सरकारका तर्फबाट पुण्यप्रसाद पाठकले बहस गरेका थिए। 
गोरेकै बयानलाई मान्ने हो भने एसएसपी खत्रीले अहिलेसम्म ५ सय किलो सुन विमानस्थलबाट बाहिर्यापएका छन्। एसएसपी खत्री २०७३ पुस २१ गते केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले बरामद गरेको ३३ किलो सुन प्रकरणमा समेत पक्राउ परेका थिए। अन्ततः खत्रीलाई अदालतले धरौटी बुझाएर छोडेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell