PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

टी-२० इन्टरनेशनल क्रिकेट खेल्ने सन्दीप १८औँ नेपाली खेलाडी



पहिलोपोस्ट

टी-२० इन्टरनेशनल क्रिकेट खेल्ने सन्दीप १८औँ नेपाली खेलाडी

काठमाडौं : युवा स्टार सन्दीप लामिछाने टी-२० इन्टरनेशनल क्रिकेट म्याच खेल्ने १८औँ नेपाली खेलाडी बनेका छन्।

हुरिक्यान रिलिफ टी-२० च्यालेन्समा विश्व ११ बाट पहिलो रोजाईँमा खेल्दै सन्दीपले उक्त उपलब्धी हात पारे। अन्य १७ नेपालीले खेलाडीले नेपालका लागि विपक्षी टिम विरुद्ध टी-२० इन्टरनेशनल खेलेपनि सन्दीपले भने फरक ढंगमा उक्त अवसर पाए।

उनले वेष्टइन्डिज विरुद्ध विश्य ११ बाट खेल्दै टी-२० इन्टरनेशनलमा डेब्यु गरने अवसर पाए।

यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा टी-२० विश्वकप खेल्दा १३ खेलाडीले डेब्युको अवसर पाएङ्का थिए। त्यसपछि टी-२० क्वालिफायर र हङकङसँगको टी-२० इन्टरनेशनल गरी थप ४ खेलाडीले डेब्यु गरेका थिए।

गत मार्चमा जिम्बावेमा भएको वान डे वर्ल्ड कप क्वालिफायरमा एसोसिएटतर्फ शीर्ष ३ स्थानमा रहदै वानडे इन्टरनेशनलको स्ट्याटस पाएको नेपालले स्वत टी-२० इन्टरनेशनलको समेत स्ट्याटस पाएको हो।

क्रिकेटको मक्का मानिने बेलायतको लर्ड्स क्रिकेट ग्राउण्डमा भएको उक्त खेलमा सन्दीपले १ ओभर मात्र बलिङ गर्न पाए। विश्वकै स्टार खेलाडीहरु रहेको विश्व ११ को टिममा सन्दीपसँगै अहिलेका उत्कृष्ट बलर अफगानिस्तानका रसिद खान, पाकिस्तानका पूर्व कप्तान साहिद अफ्रिदि, मिचेल म्यालेनघान, दिनेश कार्तिक, तमिम इकवाल, ल्युक रोन्ची, सोएब मल्लिक जस्ता खेलाडि थिए।

एक ओभर मात्र बलिङ गरेका सन्दीपले १ बल डट फाल्न सफल भए भने मार्लोन सामुएल्सले सन्दीपको बलमा १ छक्का प्रहार गरे। सन्दीपले कूल १२ रन खर्चे तर विकेट लिन सकेनन्। दशौँ नम्बरमा ब्याटिङ समेत गरेका सन्दीपले ५ बल खेल्दै नटआउट ५ रन बनाए।

उक्त खेलको लाइ कमेन्ट्रि गरिरहेकाहरुले सन्दीपको लागि यो उत्कृष्ट अवसर भएको बताएका थिए। यस्तै खेलअघि पनि सन्दीप र अफगानिस्तानलाई सँगै राखेर कमेन्टेटरले कुराकानी गरेका थिए।

इन्डियन प्रिमियर लिग आइपीएल खेल्ने पहिलो नेपाली खेलाडी बनेर नेपाललाई विश्वमा चिनाउन सफल सन्दीप लर्ड्समा गएर आधिकारिक टी-२० इन्टरनेशनल क्रिकेट खेल्ने पनि पहिलो नेपाली खेलाडी बनेका छन्। सन्दीपले त्यहाँ जानुअघि लर्ड्समा गएर खेल्नु पाउन आफ्नो लागि ठूलो प्ल्याटफर्म भएको बताएका थिए।

यसअघि नेपाली टोलीले पनि लर्डसमा गएर एमसीसीसँग ५० ओभरको ऐतिहासिक म्याच खेलेको थियो। उक्त खेल समेत खेलेका सन्दीपले १ विकेट लिएका थिए।

दिल्ली डेयरडेभिल्सबाट आइपीएल खेलेका सन्दीपले ३ खेलमा ५ विकेट लिएका थिए।

१७ वर्षमै आइपीएल खेलेका सन्दीपले नेपालको राष्ट्रिय टोलीमा भने सन् २०१५ मा वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नामिबिया विरुद्ध टीयू इन्टरनेशनल क्रिकेट ग्राउण्डमा डेब्यु गरेका थिए।

आइपीएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका सन्दीप क्यारेवियन प्रिमियर लिग (सीपीएल) मा समेत अनुबन्ध भएका छन्। सन्दीपले आगामी अगस्टमा हुने उक्त लिगमा क्रिस गेलको टोलीबाट खेल्नेछन्।

सन्दीप शनिवार नेपाल फर्कनेछन्।

नेपालबाट टी-२० इन्टरनेशनल क्रिकेट खेल्ने खेलाडी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell