PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

पिएम कप क्रिकेट : प्रदेश ५ को पहिलो जित



पहिलोपोस्ट

पिएम कप क्रिकेट : प्रदेश ५ को पहिलो जित

काठमाडौं : शक्ति गौचनको उत्कृष्ट बलिङबाट प्रेरित प्रदेश ५ ले प्रधानमन्त्री कप वान डे क्रिकेटमा पहिलो जित हासिल गरेको छ। वर्षाका कारण पहिलो खेलमा अंक बाँडेको प्रदेश ५ ले दोस्रो खेलमा प्रदेश ६ लाई ९ विकेटले हरायो।

जितपछि प्रदेश ५ ले समूह बी मा २ खेलबाट ३ अंक जोडेको छ। वर्षाले प्रदेश ७ सँगको खेल नभएपछि प्रदेश ५ ले १ अंक पाएको थियो। समूह बी मा ४ खेलबाट १ अंक मात्र जोडेको प्रदेश ४ प्रतियोगिताबाट बाहिरिएको छ।

कीर्तिपुरस्थित टीयू इन्टरनेशनल मैदानमा प्रदेश ६ ले दिएको ५६ रनको सामान्य लक्ष्य प्रदेश ५ ले १०.४ ओभरमा १ विकेट गुमाएर पुरा गर्‍यो।

प्रदेश ५ का लागि शंकर रानाले २९ रन बनाए। सन्दीप सुनारले नटआउट २७ रन बनाए। प्रदेश ६ का टेक सलामीले १ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश ६ ले २२.५ ओभरमा सबै विकेट गुमाएर ५५ रन मात्र बनाउन सक्यो। विजय विष्टले १९ रन जोड्नुबाहेक अन्य खेलाडिले दोहोरो अंङ्क जोड्न नसकेको इनिङ्समा ६ खेलाडीले खाता समेत खोल्न सकेनन्।

प्रदेश ६ लाई अलआउट गर्न प्रदेश ५ का कप्तान शक्ति गौचनले ६ ओभर बलिङ गर्दै ३ मेडन राख्दै ४ रन मात्र खर्चर ३ विकेट लिए। यस्तै विक्रम भुसालले ३ तथा कृष्ण कार्की र लाल अधिकारीले २-२ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell