PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

पिएम कप क्रिकेट : आर्मी फाइनलमा, सागर पुनको शतक



पहिलोपोस्ट

पिएम कप क्रिकेट : आर्मी फाइनलमा, सागर पुनको शतक

काठमाठौं : सागर पुनको शतकसहित अलराउण्ड प्रदर्शन तथा विक्रम सो र सुसन भारीको उत्कृष्ट प्रदर्शन मद्दतमा त्रिभुवन आर्मी प्रदेश ५ लाई पराजित गर्दै प्रधानमन्त्री कप वान डे क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।

कीर्तिपुरस्थित टियू मैदानमा शुक्रवार भएको पहिलो सेमिफाइनलमा आर्मीले प्रदेश ५ लाई १५४ रनको फराकिलो अन्तरले हरायो। आर्मीको जितमा सागर पुनले शतक बनाउनका साथै २ विकेट लिए। यस्तै सोव र भारीले ३-३ विकेट लिए। सागर जारी प्रतियोगितामा शतक प्रहार गर्ने चौथो खेलाडी समेत बनेका छन्। यसअघि समूह चरणमा प्रदेश ४ का हरि चौहान तथा एपीएफका सुवास खकुरेल र प्रदिप ऐरीले शतक प्रहार गरेका थिए।

ओपनर सागर पुनले शतक प्रहार गरेपछि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ९ विकेट गुमाएर २८९ रन बनाएको थियो।

१४२ बल खेलेका सागरले १० चौका र २ छक्काको मद्दतमा ११२ रन बनाएर यस्तै भिम शार्कीले ५३ बल खेल्दै ५ चौमका र ३ छक्का प्रहार गर्दै ७७ रन जोडे। कप्तान विनोद भण्डारीले ३७ रन बनाए। विनोदले १५ बल खेल्दै २ चौका र ४ छक्का प्रहार गरे।

प्रदेश ५ का कृष्ण कार्कीले ३ तथा विक्रम भुषालले २ विकेट लिए।

२९० रनको लक्ष्य पछ्याएको प्रदेश ५ आर्मीको बलिङ सामु पुरै ओभर टिक्न सकेन र ३५.५ ओभरमा १३५ रनमै अलआउट भयो। प्रदेश ५ का लागि नवौँ नम्बरमा ब्याटिङ गरेका कृष्ण कार्कीले नटआउट रहदै सर्वाधिक ३१ रन बनाए। यस्तै शंकर रानाले २३ रन जोडे।

प्रदेश ५ लाई अलआउट गर्ने आर्मीका विक्रम सोब र सुसन भारीले ३-३ तथा सागर पुनले २ विकेट लिए। किफायती बलिङ गरेका भारीले ५ ओभरमा १ मेडन राख्दै १३ रन मात्र खर्चे भने ६.५ ओभर बलिङ गरेका सोबले २ मेडन राख्दै २८ रन खर्चे।

यस्तै सागर पुनले १० ओभरमा १ मेडन राख्दै २८ रन मात्र खर्चेर २ विकेट लिए।

आर्मीले अब उपाधिका लागि शनिवार हुने पुलिस र एपीएफबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell