PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ट्र्याक्टर पल्टिँदा एकको मृत्यु



पहिलोपोस्ट

ट्र्याक्टर पल्टिँदा एकको मृत्यु

राजविराजः पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–६ स्थित पुलमा ट्र्याक्टर ठोक्किँदा आज बिहान एक जनाको मृत्यु भएको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १ त ५४५६ नम्बरको ट्र्याक्टर आफैँ अनियन्त्रत भई पुलमा ठोक्किँदा ट्र्याक्टरमा सवार खडक नगरपालिका–४ का १६ वर्षीय किरणकुमार रामको मृत्यु भएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए।

दुर्घटनामा परी गम्भीर घाइते भएका रामको उपचारका क्रममा लहानस्थित सप्तऋषि अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै दुर्घटनामा परी सोही ट्र्याक्टरमा सवार खडक नगरपालिका–३ का ३५ वर्षीय सञ्जयकुमार चौधरी पनि घाइते भएको र उनको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ।

ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell