PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

उत्तर कोरियालीको गैर कानुनी कारोबार : रेस्टुराँ र हस्पिटलसँगै जासुसीको जालो



सविन ढकाल

उत्तर कोरियालीको गैर कानुनी कारोबार : रेस्टुराँ र हस्पिटलसँगै जासुसीको जालो

काठमाडौं : देशभित्र उत्तर कोरियारिलीको ‘अवैध गतिविधि’ बढ्दै गएपछि नेपाल प्रहरीले सुरक्षा सतर्कता बढाएको छ। 

उत्तर कोरियाली नागरिक नेपाल आएर अवैध रूपमा काम गर्ने, प्रयोजनविहीन भ्रमण गर्नेदेखि विभिन्न व्यक्तिसँग मिलेर अवैध रुपमा व्यवसाय सञ्चालन गर्नेसम्मका गतिविधि भइरहेको प्रहरी अनुसन्धानमा देखिएको छ। उनीहरुको गतिविधिले सुरक्षा संवेदनशीलता बढाएको छ। 
 

घटना नम्बर १

वैशाख २१ गते विशेष सूचनाको आधारमा प्रहरीले  दरबारमार्गस्थित कोरियन रेस्टुरेन्टमा छापा मार्योम। प्रहरीलाई सूचना थियो- केही उत्तर कोरियाली नागरिक श्रम भिसा नलिइ काम गरिरहेका छन्।

प्रहरीको सूचना तथ्य साबित त्यतिखेर भयो जब प्रहरीले प्योङयोङ रेस्टुरेन्टबाट १० युवतीसहित ११ जनालाई पक्राउ पर्योल। उत्तर कोरियालीले नेपालमा विभिन्न रेस्टुरेन्ट सञ्चालित ‘जासुसी’ संयन्त्रसमेत खडा गरेका छन्। 
 

घटना नम्बर २ 

गत कात्तिकको पहिलो साता एनआइसी एसिया बैङ्कको सिस्टम ह्याक गरी ४६ करोड ५६ लाख ५० हजार रुपैयाँ चोरी भयो। लामो अनुसन्धानपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले उत्तर कोरियाली कुख्यात ह्याकिङ समूह ‘लजारुस ग्रुप’ नै अपराधमा सक्रिय रहेको पहिचान गर्योय। त्यो समूहलाई 'कोब्रा' नामले समेत चिनिन्छ। त्यो समूहले साढे ४६ करोड बढी रकम विभिन्न मुलुकका बैंकमा ट्रान्सफर गरेको थियो। त्योमध्ये करिब ७ करोड रुपैयाँमात्र बैंकमा फिर्ता गर्न सकियो।

उत्तर कोरियाली रेस्टुरेन्टमार्फत् आफ्नो जासुसी संयन्त्र सञ्चालन गर्ने, पैसा कमाउने र आफ्नो देशमा पठाउने गरेको प्रहरी अनुसन्धानमा खुलेको प्रहरी स्रोतले जनाएको छ।  
 

अवैध डाक्टरमा उत्तर कोरियाली पनि

उत्तर कोरियाली चिकित्सकहरू पनि नेपाल आएर अनुमतिविना काम गरिरहेको खुलेको छ। तनहुँको दमौलीमा रहेको ने कोर्योर अस्पताल र नेपालीले नै सञ्चालन गरेको कञ्चनपुरको महेन्द्रनगरस्थित सेफर हस्पिटलमा बिजनेस भिसामा आएका उत्तर कोरियाली चिकित्सकले स्वीकृति बिनै बिरामीको स्वास्थ्य परीक्षण गरिरहेका प्रहरी स्रोतले जानकारी दिएको छ। ने कोर्योर अस्पतालमा १० जना उत्तर कोरियालीले काम गर्दै आएको प्रहरी स्रोतले जनाएको छ। ती मध्ये ८ जना चिकित्सक हुन्। दुई जनाले प्रशासनिक काम गर्दै आएका छन्।
 

तस्करीसँगै जासुसीको जालो

२०४६ साल अगाडि उत्तर कोरियन नागरिकहरु विभिन्न तस्करीका लागि नेपाल आउने गरेका थिए। सुन तस्करीमा समेत उनीहरु पक्राउ परेको पूर्व डिआइजी हेमन्त मल्ल ठकुरी बताउँछन्। 

अहिले भने उत्तर कोरियाली नागरिकहरु नेपाललाई व्यापारिक हब बनाउन चाहन्छन्। काठमाडौंदेखि देशका विभिन्न स्थानमा कोरियन लागानीमा रेष्टुरेन्टहरु संचालित छन्। पूर्वडिआइजी ठकुरी भन्छन्, 'उत्तर कोरियनको मुख्य योजना व्यवसायिक लगानी गर्ने र पश्चिमा देशहरुको जासुसी गर्नु हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell